शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

के मधुमेहका रोगीले पाकेको आँप खान सक्छन् ?

बिहीबार, १० असार २०७८, ११ : ००
बिहीबार, १० असार २०७८

गर्मी मौसम पाकेको आँपको मौसम हो । यो मौसममा स्वादिष्ट आँप खान धेरैलाई मन पर्छ । आँपमा कयौँ प्रकारका पोषक तत्वहरु पाइन्छन् । आँपमा प्राकृतिक मिठास हुन्छ । सबै प्रकारका व्यक्तिले आँप मन पराउँछन् । पाकेको आँपको स्वाद गुलियो हुन्छ । त्यसैले पाकेको आँप मधुमेहका रोगीले खान हुन्छ कि हुँदैन ? 

आँपमा भिटामिन र मिनरल्स हुन्छ । यो रगतमा सुगर सन्तुलनमा राख्न मद्दत गर्छ । एउटा काटेको आँपमा ९९ प्रतिशत क्यालोरी, १.४ ग्राम प्रोटिन, २५ ग्राम कार्ब, २२.५ ग्राम चिनी, २.६ ग्राम फाइबर, ६७ प्रतिशत भिटामिन सी, १८ प्रतिशत फोलेट, १० प्रतिशत भिटामिन ए र १० प्रतिशत भिटामिन इ जस्ता तत्वहरु पाइन्छन् । यसका साथै आँपमा केही मात्रामा क्याल्शियम, आइरन र म्याग्नेशियम पनि हुन्छ । 

आँपमा ९० प्रतिशत क्यालोरी यसको गुलियोपनबाट आउँछ । यसकारण मधुमेहका रोगीको रगतमा चिनीको मात्रा बढाउने गर्छ । यसका साथै, फाइबर र अन्य प्रकारका एन्टिअक्सिडेन्ट पनि भएकाले रगतमा चिनीको मात्रा बढ्ने र असर कम हुन्छ । 

आँपमा पाइने फाइबरले रगतमा चिनीको मात्रा सोस्ने काम गर्छ । साथै, यसमा हुने एन्टिअक्सिडेन्टले रगतमा चिनीको मात्रा कम गर्छ । यसले शरीरभित्र काब्र्स बनाउने र रगतमा चिनीको मात्रा सन्तुलनमा राख्ने गर्छ । 

कुनै पनि खानेकुराले ग्लाइसेमिक इन्डेक्स र्यान्कको माध्यमबाट रगतमा असर पुर्याउँछ । यसलाई ० देखि १०० को स्केलमा नापिन्छ । ५५भन्दा कम र्यान्कको खानेकुरालाई कम चिनीवाला खानेकुरा मानिन्छ । त्यसैले आँप मधुमेहका रोगीका लागि उपयुक्त मानिन्छ । 

यद्यपि, हरेक फलको आआफ्नै गुण हुन्छ । त्यसैले कति मात्रामा आँप खाने भनेर चिकित्सकसँग सल्लाह लिन आवश्यक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप