शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युट्युबमा भाइरल* महिला हत्या प्रकरणः अभियुक्त र सन्तोषीबीच आइतबारमात्रै भएको थियो भेट !

बिहीबार, १० असार २०७८, ११ : ००
बिहीबार, १० असार २०७८

काठमाडौंको दक्षिणकालीमा मंगलबार बिहान मृत अवस्थामा भेटिएकी महिला सन्तोषी सुब्बाको हत्या आरोपी पक्राउ परेका छन् । पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोक चौतारा घर भएका सुरेश तिमिल्सिना भएको खुलेको छ । 

महानगरीय अपराध महाशाखा स्रोतका अनुसार हत्या गरेको आरोपमा प्रहरीले असन कमलाछीबाट सुरेशलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सुरेशले सन्तोषीलाई गत आइतबार मात्रै भेटेको पाइएको छ । सुरेश दक्षिणकालीको वर्कशपमा काम गर्ने गरेको र सन्तोषी दक्षिणकालीतर्फ गएको अवस्थामा सुरेशले सन्तोषीलाई भेटेको पाइएको छ । 

सन्तोषीलाई भेटेपछि सुरेश र सन्तोषी दक्षिणकाली मन्दिरतर्फ गएको र दिनभरी उनीहरु सँगै बसेको पाइएको छ । त्यसपछि सुरेशले सन्तोषीको हत्या गरी त्यहाँबाट ट्याक्सी चढेर बल्खुतर्फ आएका थिए । प्रहरीका अनुसार आमा बिरामी हुनुहुन्छ भन्दै सुरेश राती ११ बजेतिर ट्याक्सी चढेर वल्खुतर्फ आएको पाइएको छ । आमालाई कुनै अस्पतालमा पुराएर उनी भक्तपुर गई बसेको र बुधबार मात्रै उनी असन आएको पाइएको छ । 

यसबारे थप जानकारी दिन महानगरीय अपराध महाशाखाले अहिले ११ः३० बजे पत्रकार सम्मेलन गर्न लागेको छ । 

-यसअघि समाचारको शीर्षकमा भाइरल हुनुपर्नेमा अन्यथा हुन पुगेकाले क्षमायाचनासहित सच्याइएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप