शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फिल्ममा कहिले प्रकृति र पलको जोडी ?

बिहीबार, १० असार २०७८, ११ : ४७
बिहीबार, १० असार २०७८

काठमाडौंँ । एक समय म्यूजिक भिडियोमा जमेको जोडीमा पर्थे अभिनेता पल शाह र अभिनेत्री प्रकृति श्रेष्ठ । दुबैले एकसाथ थुप्रै म्युजिक भिडियो अभिनय गरेका छन् । दर्शकले दुबैको भिडियो राम्रै रुचाएका थिए ।

‘आई लभ यू’, ‘पूर्णिमाको चन्द्रमालाई’, ‘तिम्रो चञ्चले रुपले’ लगायत दुबैले अभिनय गरेको थुप्रै म्युजिक भिडियो अहिले पनि दर्शकको रोजाइमा परिरहेको छ । भिडियोमा दुबैको सहकार्य त्यसबेला टुट्यो जुन बेला प्रकृति विवाह बन्धनमा बाँधिएर अभिनय भन्दा बाहिर रहिन् ।

विवाह अगाडि ‘होस्टेल’ र ‘उत्सव’ दुई फिल्म अभिनय समेत गरेकी प्रकृति विवाहपछि भने श्रीमान्सँग अष्ट्रेलिया बसेको कारण अभिनयबाट टाढा भएकी हुन् ।

करिव ६ वर्षपछि प्रकृति अहिले फेरि अभिनयमा फर्किएकी छन् । फिल्म ‘बिहे पास’ले उनलाई अभिनयमा फर्काएको हो । निषेधाज्ञा अगाडि ‘बिहे पास’मा काम गरेकी प्रकृतिले सोही समय पलसँग एक भिडियो समेत काम गरेकी छन् त्यो हो गायक सुनिल गिरीको ‘को होला त्यो ?’ । जसको भिडियोमा अहिले सार्वजनिक भएको छ । 

लामो समयपछि पल र प्रकृति एकसाथ देखिएकोले पनि होला भिडियो सार्वजनिक लगत्तै चर्चामा छ । भिडियोमा पल र प्रकृतिको जोडी सुहाएको देख्न सकिन्छ ।

भिडियोमा पल र प्रकृतिलाई मन पराउने दर्शकको फिल्ममा पनि यो जोडी हेर्न इच्छा छ । तर कहिले भन्न सकिन्न । फिल्ममा यो जोडीलाई देख्न पाइन्छ वा पाइदैन अहिलै भन्न सकिने अवस्था पनि रहन्न ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप