शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

याडियाका प्रिमियम इलेक्ट्रीक स्कुटर नेपालमा, सुरुमै किन्नेलाई २५ हजार छुट, यस्ता छन् फिचर्स

बिहीबार, १० असार २०७८, १२ : २८
बिहीबार, १० असार २०७८

काठमाडौं । इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी साधन निर्माता कम्पनी याडियाका स्कुटर नेपाली बजारमा उपलब्ध भएको छ । याडिया ब्रान्डका प्रिमियम स्कुटर कुजु नेपालले बिक्री सुरु गरेको हो ।

चिनियाँ ब्रान्ड याडियाका स्कुटर ८० भन्दा धेरै देशमा बिक्री हुँदै आएको छ भने सन् २०२० मा सर्वाधिक धेरै इलेक्ट्रीक स्कुटर बिक्री गर्ने कम्पनी पनि बन्न सफल भएको छ ।

कुजु नेपालले याडिकाको युरोपियन स्ट्यान्डर्डका नेपाली बजार सुहाउँदो उत्कृष्ट स्कुटर नेपाली बजारमा ल्याएको जनाएको छ । अहिले याडियाका ‘जी फाइभ, सी वान एस र एस–लाइक’ तीन मोडलमा टंगाल स्थित शोरुमबाट बिक्री शुरु गरेको कुजु नेपालले जनाएको छ । यी स्कुटर बिक्री वितरणको शुरुवाती दिनमा किन्ने ग्राहकले २५ हजार छुट पाउने कुजु नेपालले जनाएको छ । 

जी ५

झट्ट हेर्दा आकर्षक डिजाइनमा आएको जी ५ स्कुटरमा जीटीआर ३.० ब्रोडव्यान्ड मोटर प्रयोग गरिएको छ । उक्त मोटरले अधिकतम २३०० वाट पावर प्रदान गर्छ भने यसको रेटेड पावर १२०० वाट रहेको छ । त्यस्तै यो मोटरले अधिकतम १२० एनएम टर्क जेनेरेट गर्छ । यो मोटर आइपी ५७ वाटरप्रुफ रेटेड रहेको छ । यो स्कुटरलाई ६० किलोमिटर प्रतिघन्टाको रफ्तारमा चलाउन सकिन्छ ।

जी५ मा ६० भोल्ट, ३२ एम्पीयरको पानाशोनिक लिथियम आयोन व्याट्री प्याक उपलब्ध छ । यसालाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्छ । यसले एक पटकको फुल चार्जमा ८० किलोमिटर रेञ्ज प्रदान गर्छ । यो ब्याट्रीको लाइफ सर्कल ८०० रहेको छ । यसमा प्रयोग भएको व्याट्री माइनस २० देखी ५५ डिग्रिसेन्टीग्रेट तापक्रममा काम गर्न सक्छ भने यो सर्ट सर्किट, ओभर करेन्ट प्रोटोक्सन र ओभर चार्ज प्रोटेक्सन फिचर रहेको छ ।

याडिया जि ५मा ७ इन्चको डिजिटल इन्स्टुमेन्ट क्लस्टर रहेको छ । यसको फ्रन्ट फर्क उच्च गुणस्तरको आल्मुनियमद्वारा निर्माण गरिएको छ । त्यस्तै १२ इन्चको ट्युवलेस टायर, दुबै चक्कामा डिस्क ब्रेक र सबै प्रकारका एलइडी प्रयोग गरिएको छ । यसमा २६ लिटरको स्टोरेज क्षमता पाउन सकिन्छ ।  कम्पनीले यसको मूल्य ३ लाख ३० हजार रुपैयाँ तोकेको छ । 

सी १एस

याडिया सी १ एसमा जी ५ कै समान जीटीआर ३.० ब्रोडव्यान्ड मोटर प्रयोग भएको छ । उक्त मोटरले अधिकतम २२०० वाट पावर प्रदान गर्छ भने, यसको रेटेड पावर १८०० वाट रहेको छ । त्यस्तै यो मोटरले अधिकतम १३८ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटरको टप स्पीड क्षमता ६० किलोमिटर प्रतिघन्टा रहेको छ ।

यसमा ६० भोल्ट, ३२ एम्पीयरको पानाशोनिक लिथियम आयोन व्याट्री प्याक उपलब्ध छ । यसलाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्छ । यसले एक पटकको फुल चार्जमा ८० किलोमिटर रेन्ज प्रदान गर्छ । यो ब्याट्रीको लाइफ सर्कल ८०० रहेको छ । यस्तै यो व्याट्री माइनस २० देखी ५५ डिग्रिसेन्टीग्रेट तापक्रममा काम गर्न सक्छ ।

यसमा ९ प्रकारको सेफ्टी प्रोटेक्सन रहेको छ । यसमा सर्ट सर्किट प्रोटेक्सन, ओभर करेन्ट प्रोटेक्सन, ओभर चार्ज प्रोटेक्सन, ओभर डिस्र्चाज प्रोटेक्सन, प्रि डिस्र्चाज प्रोटेक्सन, सन्तुलित फक्शन, ओभर टेम्प्रेचर प्रोटेक्सन, राइडिङ मोडजस्ता फिचर रहेको छ ।

याडिया सि १ एसमा ५ इन्जको डिजिटल इन्स्टुमेन्ट क्लस्टर रहेको छ । त्यस्तै यसमा स्मार्ट कि–लेस इन्टिग्रेटेड शोलुसन सिस्टम रहेको छ । यसको फर्क उच्च गुणस्तरको आल्मुनियम द्धारा निर्माण गरिएको छ । त्यस्तै यसमा १२ इन्चको ट्युवलेस टायर, दुबैतर्फ डिस्क ब्रेक, २५ लिटरको स्टोरेज क्षमता रहेको छ । यसको मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

एस–लाइक

याडिया एस–लाइकमा पनि जीटीआर ३.० ब्रोडव्यान्ड मोटर प्रयोग गरिएको छ । उक्त मोटरले अधिकतम १२०० वाट पावर प्रदान गर्छ भने यसको रेटेड पावर २००० वाट रहेको छ । त्यस्तै यो मोटरले अधिकतम १२० एनएम टर्क जेनेरेट गर्छ । यो मोटर आइपी ५७ वाटरप्रुफ रेटेड रहेको छ । यो स्कुटरको टप स्पीड ५० किलोमिटर प्रतिघन्टा रहेको छ ।

यसमा ६० भोल्ट, २४ एम्पीयरको लिथियम आयोन व्याट्री प्याक उपलब्ध छ । यसलाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्छ । यसले एक पटकको फुल चार्जमा ६० किलोमिटर रेन्ज प्रदान गर्छ । यसमा डबल ब्याट्रीको सुबिधा समेत रहेको छ । यो ब्याट्रीको लाइफ सर्कल ८०० रहेको छ । यसमा सर्ट सर्किट, ओभर करेन्ट प्रोटेक्सन, सक प्रोटेक्सन र ओभर चार्ज प्रोटेक्सन जस्ता पाउन सकिन्छ ।

याडिया एस–लाइकमा ४।२ इन्जको डिजिटल इन्स्टुमेन्ट क्लस्टर रहेको छ । यसमा रहेको एलसीडी डिस्प्ले दिनमा तथा रातमा आफै एड्जष्ट हुनेछ । यसको फर्क उच्च गुणस्तरको आल्मुनियम द्धारा निर्माण गरिएको छ । त्यस्तै यसमा १२ इन्चको ट्युवलेस टायरको प्रयोग गरिएको छ भने यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक उपलब्ध छ । यसमा १८ लिटरको स्टोरेज क्षमता रहेको छ । यसको मूल्य २ लाख ३० हजार रुपैयाँ तोकिएको छ । 

कुजुले याडिया ब्रान्ड नेपालमा सार्वजनिक गरेको उपलक्ष्यमा प्रत्येक स्कुटरको खरिदमा २५ हजार नगद छुट दिने घोषणा गरेको छ। शुरुमा याडिया ब्रान्ड रोज्ने १५ ग्राहकलाई यो नगद छुट प्रदान गरिने कुजु नेपालले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप