शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

“९% कामना सेवा बिकास बैंक ऋणपत्र २०८७” सूचीकरण, आजदेखि कारोबार शुरु

बिहीबार, १० असार २०७८, १२ : ३८
बिहीबार, १० असार २०७८

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको “९% कामना सेवा बिकास बैंक ऋणपत्र २०८७” नेपाल स्टक एक्सचेन्जमा कारोबारका लागि सूचीकरण भएको छ । 

गत माघ २२ मा निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रको चुक्ता मुल्य १००० कायम भएको कुल १० लाख कित्ता थान ‘९% कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ (ऋणपत्र), नेपाल स्टक एक्सचेन्जमा २०७८ असार १० गतेदेखि कारोबार गर्न सक्ने गरी सूचीकृत भएको छ । 

असार ९ गते बुधबारका दिन बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । बैंकको सेयर रजिष्ट्रार एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप