शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘दलीय समर्थन छैन भनेर राष्ट्रपतिले अस्वीकार गर्न मिल्दैन’

बिहीबार, १० असार २०७८, १४ : ३२
बिहीबार, १० असार २०७८

वरिष्ठ अधिवक्ता हरिहर दाहालले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्री बन्न संसद सदस्य भनेको हुनाले दलको पनि हुन सक्ने र त्यो सदस्य स्वतन्त्र पनि हुनसक्ने जिकिर गरेका छन् ‘दलीय समर्थन छैन भनेर राष्ट्रपतिले अस्वीकार गर्न मिल्दैन। आधार प्रस्तुत गरेर १४९ जनाले हस्ताक्षर गरेपछि त्यो भन्दा ठुलो आधार के हुन्छ ?’, प्रतिनिधिसभा विघटन मुद्दामा निवेदक शेरबहादुर देउवालगायतको पक्षबाट बहस गर्दै संवैधानिक इजलासमा उनले भने, ‘जसपाका तर्फबाट महन्त ठाकुर र राजेन्द्र महतोसहित दुईचार जनाले हस्ताक्षर गरेर हुन्छ र ?आफ्ना १२१ र जसपाका पुरै सांसद मेरा समर्थक हुन भनेर संख्या पुराउन खोज्नुभो । के माधव नेपाल र झलनाथ खानलले ओलीलाई समर्थन गरेर हस्ताक्षर गर्नुभाछ र ? अनि, दोहोरो परेको भनेर राष्ट्रपतिले केको आधारमा भन्नुभो ?’

उनले संवैधानिक सर्वोच्चता भएको मुलुकमा राष्ट्रपतिबाट भएको निर्णयमा न्यायीक पुनरावलोकन हुने जिकिर गरे । ‘जेठ ६ गते नै विश्वासको मत लिन सक्ने दह्रो राजनितिक आधार नदेखिएको भनेर केपी शर्मा ओलीले पहिले नै आत्मसमर्पण गरिसक्नु भएको थियो,’ उनले भने, ‘ भोलिपल्ट दावी प्रस्तुत गर्न राष्ट्रपतिबाट आह्वान भयो । आधारमा प्रस्तुत गर्न भनेर राष्ट्रपतिले आह्वान गर्नुभो । कसको दाबी प्रस्तुत भो, ककसले सहि गरे भनेर बालुवाटारले कसरी थाहा पायो ? दावी प्रस्तुत ककसले गरे भनेर सूचना जारी गर्नुपर्दैन ? राजेन्द्र महतोको हस्ताक्षर सहितको पत्र कसरी पठाइयो ? आधार प्रस्तुत गरेको कुरा मेरो पक्षलाई सुचना दिनु पर्दैन ?’ 

 उनले प्रधानमन्त्रीको लिखित जवाफ झगडीयाले प्रत्युत्तर लेखेको जस्तो भएको पनि बताए । ‘संसदको रक्षा गर्ने ब्रम्हास्त्र उपधारा ५ हो । त्यसले रक्षा कवचको काम गर्छ । कोही मानिस स्वतन्त्र उम्मेदवार भएपनि आउन सक्छ । तर, लिखित जवाफमा पिएमले दलकै समर्थन चाहिन्छ भनेर जिकिर गर्नुभएको छ । ’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप