विपक्षी गठबन्धनका शीर्ष नेता र सम्पादकहरूबीच अन्तरक्रिया (तस्बिरमा हेर्नुस्)
विकसित राजनीतिक घटनाक्रमका बारेमा विपक्षी गठबन्धनका शीर्ष नेता र विभिन्न मिडियाका सम्पादकहरू बीचको अन्तरक्रिया भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा नेता र सम्पादकहरू बीचको केही समय अघिबाट अन्तरक्रिया सुरु भएको हो ।
अन्तरक्रियामा काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी छन् ।
अन्तरक्रियामा सुरुमा नेताहरुले आफ्नो धारणा राख्ने र त्यसपछि प्रश्नोत्तरका लागि समय छुट्याइएको छ । एकजना नेतालाई १० मिनेटको समय छुट्याएको उक्त कार्यक्रमको सञ्चालन काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरेका छन् । सम्पादकहरूसँगको अन्तरक्रियापछि नेताहरुले बिहीबारै विभिन्न मिडियाका राजनीतिक बिटमा काम गर्ने पत्रकारहरुसँग छलफल गर्ने कार्यक्रम रहेको पौडेलले जानकारी दिए ।
बुधबार साँझ देउवा निवासमा बसेका गठबन्धनको बैठकले सरकारका अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध नागरिक समाज, बुद्धिजीवी लगायतसँग अन्तरक्रिया गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलको अवैध प्रसारण: प्रहरीले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलायो
-
अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
भाइलाई ‘प्लस टु’ पास गराउन प्रिन्सिपलले गरे नक्कली विद्यार्थी खडा
-
एयरलाइन्सको ज्यादतीबारे मेनपावर व्यवसायीद्वारा ध्यानाकर्षण
-
पर्सामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले क्यामेराम्यानसँग मागे माफी