बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महन्थ ठाकुरले बोलाए विघटित प्रतिनिधिसभाका सदस्यहरुको बैठक

बिहीबार, १० असार २०७८, १४ : ५६
बिहीबार, १० असार २०७८

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्ना पार्टीका विघटित प्रतिनिधिसभाका सदस्यहरुसँग छलफल गरेका छन् । बिहीबार बबरमहलस्थित मधेश भवनमा उनले छलफल राखेका हुन् । छलफलमा जसपाका ३२ सांसदमध्ये २० जना सहभागी रहेको बताइएको छ । 

जसपाको आन्तरिक विवाद निर्वाचन आयोगमा पुगेपछि त्यसबारे छलफल गर्न विघटित प्रतिनिधिसभाका सदस्यहरु उनले बैठक राखेका हुन् । 

संसदहरुसँग छलफल गरिसकेपछि समय रहेमा कार्यकारिणी समितिको पनि बैठक बस्ने तयारी रहेको बुझिएको छ । कार्यकारिणी समितिको बैठकमा निर्वाचन आयोगका लागि हस्ताक्षर पनि संकलन गरिने बताइएको छ ।

जसपाका सांसद अकवाल मियाँले आफूहरु अनौपचारिक छलफलमा जुटेको बताए । ‘यो औपचारिक बैठक होइन, हामी त्यतिकै विचार मिमर्शका लागि बसेका हौं’, उनले भने ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले पार्टीको आधिकारिताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । त्यसको बारेमा दावी प्रस्तुत गर्न निर्वाचन आयोगले महन्थ ठाकुरलाई पनि पत्र पठाएको छ । त्यसैको तयारीका लागि अध्यक्ष ठाकुर परामर्शमा लागेको बताइएको छ । उसो त ठाकुरले हिजो कानुन व्यवसायसँग पनि छलफल गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप