बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जातमा के छ ?

बिहीबार, १० असार २०७८, १५ : ४०
बिहीबार, १० असार २०७८

उनी केही दिनसम्म राम्रै लागेकी थिइन्
सबथोक चलेको थियो
आमा–छोरीझैँ सम्बन्ध थियो 
सुन्दर– सुन्दर र हिस्स परेकी रूपा
रङ्ग रूपमा पनि हजारौँमा एक थिइन् 
तर जब जातको सवाल अगाडि आयो
त्यसपछि सारा सुन्दरता पानी पानी भयो
उसको सुन्दर बोली र व्यवहार सबै खरानी भयो
अर्थात् जातकै कारण भएभरको सम्बन्ध क्षणभरमै उड्यो
त्यसपछि भनिदियो जातको कारण
मेरो मुटु चुँडियो, तिमी अजर अमर भयौ ।

के छ त्यस्तो जातमा ?
जसले सारा सम्बन्ध तोड्न सक्छन्
तर जोड्न भने केही सक्दैन
अमानवीय सम्प्रदायकताबाहेक
परम्परामा के छ त्यस्तो शक्ति ?
जसले सिङ्गो मानव समाजलाई बनाएको छ भक्ति
अनि यसकै पछि कुदेको सारा शक्ति
जहाँ मानवता छैन, छ त केवल पशुवत व्यवहार
मान्छे –मान्छे भएर बाँच्न पाएको छैन ।

के छ यस्तो जातमा ?
जसले पटकपटक रूपा सुनारहरु जन्माई रहन्छन्
अनि नवराजहरुलाई भेरीमा बगाई रहन्छन्
शम्भु सदा र विजय रामहरुलाई मारिरहन्छन्
मुटुमा हात राखेर एकपटक समीक्षा गरौँ त
के रूपा, नवराज, शम्भु र बिजहरु मानव होइनन् ?
यो धर्तीमा यिनीहरूलाई बाँच्ने अधिकार छैन ?
अनि मनभरी प्रेमको अँगालोमा बेरिने रहर छैन ?
किन उनीहरुको दिनदहाडै प्रेमको हत्या हुन्छ ?
अनि किन उनीहरुको रहरलाई भेरीमा बगाइन्छन् ?

के छ यस्तो जातमा ?
जसले आफ्नो जातको विरोध पनि गर्न नपाउने
आफ्नो जातको समर्थनमा युगौँयुग बाँच्नुपर्ने
विभेद र अत्याचारको जातोमा पिल्सिराख्नुपर्ने
न त बोल्न, न त लड्ने, न त केही गर्न पाउने
मानवले नै मानवको सबै थोक खोसिएको
तर जानवरहरु मान्छेभन्दा पनि उच्च सम्मान पाएको
के छ त्यस्तो जातमा हामीले तोड्न नपाउने
अनि नयाँ मानवीय जात जोड्न नपाउने ?
सुन्दर समाज रचना गर्न नपाउने ?

खड्क नपा–३ गरुराहा, सप्तरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश विद्रोही
राजेश विद्रोही
लेखकबाट थप