बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दाङमा चेक बाउन्समा ८ जना पक्राउ

बिहीबार, १० असार २०७८, १५ : ५२
बिहीबार, १० असार २०७८

बैंकिङ कसुरमा दाङमा प्रहरीले ८ जनालाई पक्राउ गरेर मुद्धा चलाएको छ। पटक पटकसम्म चेक काटेर दिएको तर  चेक बाउन्स भएपछि पीडितहरुले आफू ठगिएको महसुस गरी प्रहरीमा उजुरी दिएपछि ८ जना चेक बाउन्समा पक्राउ परेका हुन् ।

अहिले चेक बाउन्सको मुद्धाको उजुरी दिनहुँ प्रहरी समक्ष आइरहेकै छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी मुकुन्द रिजालका अनुसार यो आर्थिक वर्षमा १९ वटा चेक बाउन्सको मुद्धा दर्ता गरेर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा फाँटका प्रहरी निरीक्षक मोहनजङ्ग बुढा मगरले चेक बाउन्सको मुद्दा प्रहरीमा आइरहेको भन्दै चालू आर्थिक वर्षमा  १९ वटा बैंक कसुरमा मुद्दा दर्ता भएको र ती मुद्दा ८ जना अभियुक्तलाई प्रहरीले समातिसकेको जानकारी दिए । बुढाले दिएको जानकारीअनुसार बैंक कसुरमा ११ जना फरार रहेको  र १९ जना विरुद्ध मुद्दा चलिरहेको छ ।

बैंकमा मौज्दात पैसा नभइ ठग्ने मनसायले चेक काटेर दिएमा बैंक कसुर मुद्दा आकर्षित हुने उनको भनाइ छ । बैंक कसुर मुद्दामा बिगो अनुसार असुल उपर गरेर बिगो बराबरको थप जरिवाना गर्ने कानुनी व्यवस्था छ । चेक काटेको मितिले १ वर्षसम्म बैंक कसुर मुद्दा लाग्ने प्रहरीले जनाएको छ । चेक बाउन्समा १५ लाखसम्मका मुद्धा प्रहरीमा आउने गरेको प्रहरी निरीक्षक बुढाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप