मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

७६(५) अनुसार प्रधानमन्त्री बन्ने प्रक्रियामा ओलीले भाग लिन मिल्दैन : शेरबहादुर केसी

बिहीबार, १० असार २०७८, १५ : ५६
बिहीबार, १० असार २०७८

वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री बन्ने प्रक्रियामा केपी ओलीले भाग लिनै नमिल्ने जिकिर गरेका छन् । उनले धारा ७६ को उपधारा ३ अनुसार नै केपी ओली अयोग्य भएको जिकिर गर्दै मार्गप्रशस्त गर्छु भन्नु भनेको पद छाडेको अवस्था भएको जिकिर गरे । 

‘धारा ७६ को उपधारा ३ अनुसार नै केपी ओली अयोग्य हो । मार्गप्रशस्त गर्छु भनेर उहाँले भनिसक्न भएको छ, त्यो भनेको पद छाडेको अवस्था हो । धारा ७६ को उपधारा (५) अनुसार विश्वासको मत गुमाएको प्रधानमन्त्रीले भाग लिन पाउनुहुन्न’, प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा बहसका क्रममा उनले भने, ‘यो उपधाराले काम चलाउ पिएमले भाग लिनबाट रोकेको छ । उहाँ संसद सदस्य मात्रै होइन, कामचलाउ पिएम पनि हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप