शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगर नगरपालिकाले ल्यायो एक अर्ब ५६ करोड बराबरको बजेट

बिहीबार, १० असार २०७८, १६ : ०८
बिहीबार, १० असार २०७८

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट,नीति तथा कार्यक्रम ल्याएको छ ।

नगरपालिकाको नवौं नगर सभा मार्फत  नगर उपप्रमुख मोहनमाया ढकालले बिहीबार आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि एक अर्ब ५६ करोड बराबरको बजेट प्रस्तुत गरिन् ।

नगरपालिकाले चालु तर्फ १ अर्ब १३ करोड १९ लाख २६ हजार र पुँजीगत तर्फ ४३ करोड ३३ लाख ३६ हजार गरी जम्मा १ अर्ब ५६ करोड ५२ लाख ६२ हजार छ सय ३५ रुपैयाँको बजेट सार्वजानिक गरेको हो ।

नगर–उपप्रमुख ढकालले आगामी आर्थिक बर्षको बजेटमा कोरोना रोकथामलाई मध्यनजर गर्दै  स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, कृषि, पर्यटन, सार्वजानिक निर्माण र पर्यावरण लगायतका विषयलाई प्राथामिकतामा राखिएको बताइन् ।

नगरपालिकाले नीति तथा कार्यक्रम र बजेटमार्फत नगरभित्रै गुणस्तरीय बिउ र खाद्यान्न उत्पादन गर्नका लागि ‘एक वडा उक सामुदायिक बिउ बैंक’ स्थापना गर्ने उल्लेख गरेको छ ।

यस्तै ‘एक सहकारी एक उत्पादन, एक गाउँ एक उत्पादन’ कार्यक्रम, ‘कृषिमा व्यावसायिकता, युवामा उद्यमशीलतालाई पनि जोड दिँदै आवश्यक बजेट विनियोजन गरिएको ढकालले बताइन् ।

यस्ता छन् नीति तथा कार्यक्रम

–अक्सिजन प्लान्ट स्थापना गरी आवश्यकताअनुसार प्रयोग र वितरण

–एक सहकारी एक उत्पादन वा एक गाउँ एक उत्पादन नीति अबलम्बन

–कृषिमा व्यावसायिकता युवामा उद्यमशिलता कार्यक्रम

–एक वडा एक सामुदायिक बिउ बैंक स्थापना गरिने

–छोरीलाइ सेनेटरी, आमालाई सिप र रोजगारी

–वीरेन्द्रनगर १ मा सुर्खेत बस पार्क स्थापना हुने

–नगर स्वास्थ्य प्रोफाइल तयार गरिने

–उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थी लाई पुरस्कृत गरिने

–नगर शिक्षा कोष स्थापना गरिने

–नगरपालिकामा कृषि तथ्यांक सुचिकरण गरिने

–सौर्य उर्जा र वायोग्याँस विस्तारमा विशेष जोड

–महिला स्वयमसविकालाई १२ हजार प्रोत्साहान रकम उपलब्ध गराउने

–पशुपंक्षि बिमा कार्यक्रम प्राथामिकता

–कोरोना भाइरसका कारण प्रभावित भएका उद्योग व्यवसायिलाई लक्षित गरी सहुलियत तथा प्रोत्साहान कार्यक्रम

–सडक बालमुक्त नगर घोषण गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने

–वीरेन्द्रनगरका सम्पुर्ण पर्यटकीय स्थलहरुलाई नगर मातहतमा ल्याइ आवश्यक विकास तथा विस्तार गर्ने

–सुब्बाकुनादेखि फलाटेसम्म सहायक राजमार्ग हटलाइनको नक्सांकनलाई निरन्तरता दिइ यसै आर्थिक वर्षमा सम्पन्न गर्न प्रदेश तथा

–संघ सरकारसंग सहकार्य गर्ने

–एकिकृत पुर्वाधार विकासलाई निरन्तरता

–सरसफाइमा प्राथामिकता

–काँक्रेबिहार क्षेत्रलाई चिडियाखानाको रुपमा विकास गर्न संघिय सरकार र प्रदेश सरकारसंग सहकार्य गर्ने

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप