शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालले पहिलो पटक गर्‍यो १ खर्ब २१ अर्बको निर्यात

बिहीबार, १० असार २०७८, १६ : ११
बिहीबार, १० असार २०७८

चालु आर्थिक वर्षको ११ महिनामा मुलुकमा १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख मूल्य बराबरको वस्तु आयात भएको छ । यो गत आवको तुलनामा २५.६७ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा ११ खर्ब ८१ करोडको आयात भएको थियो । यो अवधिमा सबैभन्दा धेरै डिजेल, पेट्रोल र सवारी साधन बढी आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार वैदेशिक व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा नेपालले १० खर्ब १२ अर्ब ८१ करोड ३ लाख रुपैयाँ वैदेशिक व्यापार घाटा व्यहोर्नु परेको थियो । जुन गत वर्षको तुलनामा यो वर्ष २४.६१ प्रतिशतले  व्यापार घाटा बढेको छ । 

यस  अवधिमा निर्यात वृद्धि भएको छ । ११ महिनामा कुल निर्यात १ खर्ब २१ अर्ब २५ करोडको निर्यात भएको छ । जुन गत वर्षको तुलनामा ३७.७८ प्रतिशतले बढी हो । गत आवको जेठ मसान्तसम्म नेपालले ८८ करोड ३१ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको भन्सार विभागले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप