शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिबाट संवैधानिक आयोग र न्याय परिषदमा नियुक्ति

बिहीबार, १० असार २०७८, २० : ००
बिहीबार, १० असार २०७८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक आयोगहरू तथा न्याय परिषदमा नियुक्ति गरेकी छन् । बिहीबार संवैधानिक आयोगहरुमा २० जना र न्याय परिषदमा एकजनाको नियुक्ति भएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार संवैधानिक परिषदको सिफारिसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई आयुक्त नियुक्त भएका छन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा डा. हरि पौडेल (बागलुङ) र डा. सुमित्रा श्रेष्ठ (ललितपुर) नियुक्त भएका छन् ।

यस्तै, लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी (झापा) नियुक्त भएका छन् भने सदस्यहरूमा माधव बेल्वासे (कपिलवस्तु), वीरबहादुर राई (इलाम), दिनेश सिलवाल (ललितपुर), मञ्जुकुमारी (महोत्तरी) नियुक्त भएका छन् ।

यसैगरी निर्वाचन आयोगको आयुक्तमा सगुन शम्शेर जबरा (रुपन्देही) नियुक्त भएका छन् ।

राष्ट्रपतिले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा पाँचथरका विपिनराज निरौलालाई नियुक्त गरेकी छन् भने राष्ट्रिय महिला आयोगको सदस्यहरुमा जया घिमिरे (धनुषा) र सावित्राकुमारी शर्मा (पर्वत) तथा राष्ट्रिय दलित आयोगको सदस्यमा सुन्दर पुर्कुटी (काठमाडौं) नियुक्त भएका छन् ।

यस्तै, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा रामकृष्ण तिमल्सिना (कास्की), सदस्यहरुमा पुष्पराज तिमिल्सिना (पर्वत), मानप्रसाद खत्री (बझाङ) नियुक्त भएका छन् ।

आदिवासी जनजाति आयोगको सदस्यमा खोटाङका सुर्यबहादुर गुरुङ, मधेसी आयोगको सदस्यमा आभाकुमारी (सप्तरी), थारु आयोगको सदस्यहरुमा डा. उमाशंकर प्रसाद चौधरी (नवलपरासी) र शान्ति मोदी (मोरङ) नियुक्त भएका छन् भने मुस्लिम आयोगको सदस्यमा मोहम्मद समसुल हक (सर्लाही) नियुक्त भएका छन् ।

यसैबीच राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा रामेछाप, खनियापानी–९ निवासी वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारीलाई न्याय परिषद सदस्यमा नियुक्त गरेकी छन् । प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति तोकेको अवस्थामा काम चलाउ हैसियतमा रहेका प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट न्याय परिषद सदस्यमा नियुक्ति भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप