बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हामीले बनाएको राष्ट्रपति संस्थाको न मान न सम्मान : प्रचण्ड

बिहीबार, १० असार २०७८, १६ : ५५
बिहीबार, १० असार २०७८

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको पूर्वराजाहरुको जति मान सम्मान पनि नभएको बताएका छन् । 

बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले राज्यका संवैधानिक अंगहरु इतिहासमै सवैभन्दा कमजोर अहिले रहेको टिप्पणी गरे ।

 ‘राज्यका अंगहरु अहिलेजति कमजोर कहिल्यै देखिएका थिएनन् । अख्तियार, निर्वाचन आयोग, हुँदा हुँदा राष्ट्रपति कार्यालय हेर्नुस त’, प्रचण्डले भने ‘संविधानको रक्षक भनेर हामीले बनाएको राष्ट्रपति संस्था भन्नेको त न मान, न सम्मान र इज्जत ? बरु हिजोको राजाहरुको मान सम्मान थियो ।’ उनले एकपछि अर्को संविधानको धारा कुल्चँदै हिँडेकाले राष्ट्रपति संस्थाको गरिमा हराएको बताए । 

प्रचण्डले अहिले सत्य र असत्यबीच राष्ट्रहित र राष्ट्रको अहित चाहने बीचको लडाइ भइरहेको भन्दै राष्ट्र, संविधान र लोकतन्त्रलाई बचाउनै पर्ने आवश्यक्ता भएर संघर्ष गर्नुपरेको बताए । यो संघर्षमा सवैको सहयोग जरुरी रहेकाले सहयोग गर्न अपिल समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप