केन्द्रीय संस्करण

सुत्केरी भयो मेलम्ची बाढीमा २२ किलोमिटर बगेको भैँसी

person explore access_timeअसार १०, २०७८ chat_bubble_outline0

 

गत असार २ गते सिन्धुपाल्चोकको मेलम्ची खोलाको भीषण बाढीमा बगेर बाँच्न सफल गर्भिणी भैँसी सुत्केरी भएको छ । बुधबार राति बेथा लागेपछि पशु स्वास्थ्य प्राविधिकको सहयोगमा पाडो निकालिएको हेलम्बुबाट तारा शिवभक्तिले जानकारी दिए । पाडो भैँसीको पेटमै मरेको पाइएपछि निकालिएको उनले बताए ।

​‘हिजो बेलुका ७ बजेदेखि भैँसीलाई बेथा लागेको थियो । पाडो आफै निस्कन नसकेपछि राती साढे ११ बजे पशु स्वास्थ्य प्राविधिकलाई बोलाएँ । साढे १२ बजेतिर पाडो निकालियो । पाडो मरिसकेको रहेछ, शिवभक्तिले भने ।

हेलम्बुका पशुस्वास्थ्य प्राविधिक गुणराज गजुरेलले पाडो निकालिदिएको शिवभक्तिले जानकारी दिए । भैँसीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको उनको भनाइ छ । 

उनले भने–‘भैसीको स्वास्थ्य ठीकै छ,घाँस खोले खाइरहेको छ । सुत्केरी भएको भएर होला अलि गाह्रो मानिरहेको जस्तो देखिन्छ । गजुरेल सरले औषधी दिन्छु भन्नुभएको छ । बिहान पनि औषधी दिएर जानुभयो । अहिलेसम्म पनि भैसीको साल नझरेकोले फेरी मैले उहाँलाई फोन गरेर बोलाएको छु ।’

पाडो खेर गएपनि भैसीलाई केही नहुने आशा लिएको शिवभक्तिले सुनाए । हेलम्बु गाउँपालिका वडा नं ६ ओडारेका तारा शिवभक्तिको घर गोठ खेत गत असार १ गतेदेखि आएको मेलम्ची नदीको भीषण बाढीको चपेटामा परेको थियो । असार २ गते दिउँसो बाढीले उनका दुई भैँसी बगाएको थियो । झन्डै २२ किलोमिटर बगेर काभ्रेपलाञ्चोकको सिमाना छेउ पुगेको एउटा भैँसीलाई फड्केश्वर भन्ने स्थानबाट जिवितै उद्धार गरिएको थियो । दर्जनौँ मानिस बेपत्ता पारेको,सयौं घर खेती बगाएर तहसनहस पारेको बाढीको भंगालोमा परेको भैँसी २२ किलोमिटर बगाउँदा पनि जीवितै भेटिएपछि स्थानीयले आश्चर्य मानेका थिए ।

फोटो : गुणराज गजुरेल/पशु स्वास्थ्य प्राविधिक

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.