बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सुरक्षा कोषमा आबद्धता अनिवार्य शर्त हो : कोष

बिहीबार, १० असार २०७८, १६ : ५७
बिहीबार, १० असार २०७८

योगदानमा आधारित सामाजिक सुरक्षा कोषले श्रम ऐन, २०७४ अन्तर्गतका सम्पूर्ण श्रमिकहरुको कोषमा आबद्धता अनिवार्य शर्त भएको बताएको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै कोषले श्रम ऐन, २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुसार श्रम ऐन लागू हुने सम्पूर्ण क्षेत्रका लागि सामाजिक सुरक्षा कोषमा आबद्धता अनिवार्य प्रावधान रहेको बताएको हो । 

उक्त विज्ञप्तिमार्फत कोषले नेपाल सरकारको मिति २०७५ कार्तिक २६ गतेकै राजपत्रको सूचनाले समेत ऐनद्वारा निर्धारित समयावधिभित्र कोषमा रोजगारदाता आवद्ध भइ श्रमिकहरुलाई समेत आवद्ध गराउन सूचित गरिसकिएको ध्यानाकर्षण गराएको छ । 

सो अवसरमा कोषले हाल बजारमा चलेको हल्लाअनुसार योगदानकर्ताले ६० वर्ष पूरा नगरि योगदान रकम झिक्न नमिल्ने र साँवा र ब्याज समेत गुम्ने भनेर चलाइएको हल्ला केबल निराधार हल्ला मात्र भएको समेत प्रष्ट पारेको छ । 

सो बारे प्रष्ट पार्दै कोषले जुनसुकै योगदानकर्ताको १८० महिनाभन्दा कम अवधिको योगदान रकम जम्मा भएमा निवृत्तिभरण योजनाको रकमसमेत निवृत्तभर नलिई एकमुष्ट भुक्तानी लिन चाहेमा सो समेत लिन सक्ने बताएको छ । साथै,सम्बन्धित योगदानकर्ताले चाहेमा अन्य अवकाश कोषमा रहेको पुरानो रकम कोषमा हस्तान्तरण गर्ने व्यवस्था कार्यविधिले गरेकाले त्यस्तो हस्तान्तरण अनिवार्य नभई स्वेच्छिक प्रावधान रहेको समेत कोषले प्रष्ट्याइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप