शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फिलिपिन्समा हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

बिहीबार, १० असार २०७८, १७ : २६
बिहीबार, १० असार २०७८

फिलिपिन्स वायुसेवा (पिएएफ) को एउटा सैनिक हेलिकप्टर बुधबार राति दुर्घटनाग्रस्त भएको छ ।  सेनाका अनुसार उत्तरी मनिलामा भएको यस दुर्घटनामा एस–७० आई ब्लाक हक कल साइनको  हेलिकप्टरमा सवार सबै ६ जनाको मृत्यु भएको छ । 

वायुसेनाले जारी गरेको विज्ञप्तिमा हेलिकप्टरमा सवार सबैको मृत्यु भएको जनाइएको छ । तार्लाक प्रान्तको कापास शहरस्थित हवाई अखडाबाट तालिमका लागि राति १० बजेतिर उडेको केही क्षणभित्रै उक्त हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । 

रक्षा सचिव डेल्फिन लोरेन्जानाले अर्को विज्ञप्ति जारी गरी दुर्घटनामा तीन पाइलट र अरु तीन जना सैनिकको ज्यान गएको बताएका छन् । सेनाले हेलिकप्टर सम्पर्क विहीन भएसँगै खोजी र उद्धार शुरु गरेको थियो । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप