शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सूर्यविनायक नगरपालिकाको बजेट : १ अर्ब ५७  करोड  ६३ लाख

बिहीबार, १० असार २०७८, १७ : ४३
बिहीबार, १० असार २०७८

सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट विवरण सार्वजनिक गरेको छ । बिहीबार नगरपालिकाको नवौं नगरसभामा उपप्रमुख जुना बस्नेतले आर्थिक वर्ष २०७८/०७९ को क्षेत्रगत नीति र कार्यक्रम कार्यान्वयन गर्न बजेट सार्वजनिक गरेकी हुन् । 

नगरपालिकाको आगामी आर्थिक वर्षका लागि १ अर्ब ५७ करोड ६३ लाख रुपैंया कुल बजेट विनियोजन गरेको छ । कूल विनियोजन मध्ये चालुतर्फ शाखागत कार्यक्रम रु १८ करोड ८६ लाख ७६ हजार, सामाजिक सुरक्षा रु १४ करोड, वडागत चालू कार्यक्रम रु २ करोड १५ लाख रूपैँया रहेको छ । 

नगरपालिकाले चालू  १६ करोड २० लाख ८२ हजार गरी कूल  ५१ करोड २२ लाख ५८ हजार विनियोजन गरेको छ । पूँजीगत कार्यक्रमतर्फ रु ७३ करोड ९८ लाख ४७ हजार र सशर्त कार्यक्रमतर्फ रु ३२ करोड ४१ लाख ९५ हजार विनियोजन गरेको उपप्रमुख बस्नेतले जानकारी दिइन् । 

आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्व परिचालनबाट १८ करोड १८ लाख ९५ हजार, घरजग्गा रजिष्ट्रेशनबाट रु २४ करोड, चालू आर्थिक वर्षको राजस्व बचतबाट रु २२ करोड ५६ लाख ८२ हजार संघ र प्रदेशबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु २३ करोड ४० लाख ८० हजार प्राप्त हुने अनुमान नगरपालिकाले गरेको छ । 

संघ तथा प्रदेशको राजस्व बाँडफाँड रु १३ करोड ४ लाख ४८ हजार, सशर्त अनुदानबाट रु ३२ करोड ४१ लाख ९५ हजार जिसस समपूरक कोषबाट रु २ करोड, सामाजिक सुरक्षा कार्यक्रमबाट १४ करोड प्रदेश समपूरक योजनाबाट ३ करोड र सडक बोर्ड तथा सशर्तका विविध कार्यक्रमबाट ३÷३ करोड प्राप्त हुने अनुमान छ । 

प्रत्येक वडामा कम्युनिटी हल, इ–लाइब्रेरी, खेलमैदान, फुटसल, पौडी पोखरी, जिमहल निर्माण र सम्पन्न भएका पूर्वाधार सञ्चालन तथा व्यवस्थापनको दिगोपनाको लागि सार्वजनिक–निजी साझेदारी गर्न आवश्यक व्यवस्था मिलाउने भएको छ । 
‘नगरस्तरीय ठूला पूर्वाधार निर्माण आयोजनाको लागि रु ११ करोड ५० लाख, नगरपालिकाको प्रशासकीय भवन र मातहतका वडा कार्यालय भवन निर्माणको लागि रु ६ करोड विनियोजन गरेको छु’ उपप्रमुख बस्नेतले भनिन् । 
वडागत योजना कार्यान्वयन गर्न प्रत्येक वडाको लागि रु २ करोड ५७ लाखका दरले कूल २५ करोड ५७ लाख विनियोजन गरेको छ । 

क्रमागत योजनाहरु सम्पन्न गर्न रु ९ करोड ८० लाख, अस्पताल पूर्वाधार निर्माणको लागि १ करोड बजेट व्यवस्था गरेको छ । त्यसैगरी संघ प्रदेश र अन्य विकास साझेदारहरुसँग साझेदारी गर्न समपूरक कोषमा रु ८ करोड विनियोजन गरेको उपप्रमुख बस्नेतले जानकारी दिएकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप