शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

बिहीबार, १० असार २०७८, १७ : ४८
बिहीबार, १० असार २०७८

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ९ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशका विभिन्न जिल्लामा ९ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए । 

उनका अनुसार कास्कीमा ४, स्याङजा २, न​वलपसारी पूर्व १ र तनहुँमा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९१४ पुगेको छ । त्यसैगरी गण्डकी प्रदेशमा थप ३२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३०४ जनाको नमुना परिक्षण गरिएकामा ३२१ जनामा संक्रमण देखिएको हो । 

संक्रमित मध्ये १७७ पुरुष र १४४ जना महिला रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीका ११८, म्याग्दीका ३, पर्वत ४,लमजुङ २६, गोरखा २६, तनहुँ ३५, बाग्लुङ ३०, स्याङ्जाका १०,नवलपुरका ३६ जना र मुस्ताङमा ४३ जनामा कोरोना संक्रमण देखिएको छ । 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५३ हजार ७०८ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ५४० जना जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ४९  हजार ९११ पुगेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप