बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गोदावरीको बजेट १ अर्ब ८२ करोड

बिहीबार, १० असार २०७८, १८ : ४९
बिहीबार, १० असार २०७८

गोदावरी नगरपालिकाले रु १ अर्ब ८२ करोड पाँच लाखको बजेट पारित गरेको छ । ‘कृषि पूर्वाधार र पर्यटकीय नगरी, समावेशी स्वच्छ र समृद्ध गोदावरी’ भन्ने मूल नारासहित नगरपालिकाका उपप्रमुख मुना अधिकारीले आज नवौँ नगर सभामार्फत आउँदो आर्थिक वर्ष २०७८/०७९ को लागि बजेट प्रस्तुत गरिन् । चालु खर्चतर्फ रु ९३ करोड ४४ लाख २० हजार  र पुँजीगत योजनातर्फ रु ८८ करोड ६१ लाख ४९ हजारको बजेट सर्वसम्मतले पास भएको छ । 

यसैगरी गोदावरीले मुलुकमा फैलिरहेको कोरोना महामारीलाई ध्यानमा राखी वडा नं ५ लेले तथा वडा नं १४ बाँडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्रमा २०–२० शैयाको अक्सिजनसहित आइसोलेशन कक्ष निर्माण गर्नाका साथै ज्येष्ठ नागरिक तथा गर्भवती र सुत्केरी महिलाका हितमा मल्टी भिटामिन र क्याल्सियमको व्यवस्था पनि गर्ने भएको छ ।
 
बाह्र वर्षे गोदावरीका साथै नवदुर्गा मेलाका लागि अक्षयकोष खडा, पर्यटकको प्रभावकारी सत्कारका लागि सञ्चालित होटलमा ग्रीन स्टिकर टाँस्ने व्यवस्था, कक्षा १ मा २५ भन्दा बढी विद्यार्थी भर्ना गराई अन्तिम परीक्षामा सहभागी गराउने विद्यालयलाई प्रत्येक विद्यालय रु २० हजारका दरले प्रोत्साहन अनुदान दिने भएको छ । 

कृषि क्षेत्रको लगानी नतिजामुलक बनाउन तरकारी खेतीका लागि तेल, पुष्पका लागि गोदावरी, च्याउका लागि चापागाउँ र गोलभेँडा खेतीका लागि डुकुछाप क्षेत्रलाई पकेट क्षेत्रका रूपमा विकास गर्ने योजना गोदावरीले अघि सारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप