शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खोपको व्यवस्था गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न माग

बिहीबार, १० असार २०७८, १९ : १७
बिहीबार, १० असार २०७८

यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्दै सार्वजनिक सवारी साधन सञ्चालन गर्नुपर्ने यातायात व्यवसायी र यातायात मजदुरहरुले माग गरेका छन् । बिहीबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र मजदुर ट्रेड युनियनको प्रतिनिधिले संयुक्त रुपमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी र यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेटी यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको प्रवन्ध गर्न र स्वास्थ्य प्रोटोकल पालना गराउँदै सवारी सञ्चालन गराउन माग गरेका हुन् ।

यातायात क्षेत्र बन्द हुँदा यस क्षेत्रले ठुलो घाटा बेहोर्नुपरेको तथा मजदुरहरु भोकभोकै बस्नुपर्ने बाध्यता आइ लागेकाले आफुहरुको माग सम्बोधन गर्न ध्यानाकर्षण गराएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । प्रशासनले यस विषयमा सकारात्मक भएको र केही दिनको कोभिड संक्रमणको अवस्था हेरेर निर्णय गर्ने बताएको उनले जानकारी दिए ।

सार्वजनिक सवारी साधन तत्काल सञ्चालन गर्न नसकिने भए यातायात मजदुरलाई राहत प्याकेज दिनुपर्ने मजदुरहरुले माग गरेका छन् । प्रशासनले यातायात मजदुरलाई आगामी दिनमा कोभिड–१९ विरुद्धको खोपमा प्राथमिकता दिनको लागि स्वास्थ्य मन्त्रालयमा सिफारिस गर्ने प्रतिवद्धता जनाएको महासचिव सिटौलाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप