शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नवनियुक्त निर्वाचन आयुक्तको शपथ

बिहीबार, १० असार २०७८, १९ : २३
बिहीबार, १० असार २०७८

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नवनियुक्त निर्वाचन आयुक्त सगुनशम्शेर जबरालाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । कान्तिपथस्थित निर्वाचन आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलिया समक्ष नवनियुक्त आयुक्त राणाले शपथ लिएका हुन् ।

निर्वाचन आयुक्त राणाले आजै पदबहाली गर्नुभएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । नवनियुक्त राणाको नेपाली सेनामा रही काम गरेको लामो अनुभव र पृष्ठभूमि रहेको बताइएको छ । हाल प्रतिनिधिसभा नरहेको र संसदीय सुनुवाइ हुने अवस्था नभएकाले  संवैधानिक परिषद्ले सिफारिश गरेको ४५ दिन बुधबार पुगेपछि संवैधानिक व्यवस्थाअनुरुप उनको शपथ  र पदबहाली भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप