बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बलिउडपछि अब हलिउडमा अभिनेता विद्युत

बिहीबार, १० असार २०७८, १९ : ३५
बिहीबार, १० असार २०७८

अभिनेता विद्युत जामवाल दमदार अभिनय र एक्सनका साथ फिल्ममा देखिँदै आएका कारण चर्चित छन् । उनी विश्वका शीर्ष मार्शल आर्टिस्ट मध्यका एक पनि हुन् ।  हालै उनले गुगलमा ब्रुस ली, ज्याकी चन र जेटली जस्ता दिग्गज व्यक्तिका साथ आफ्नो नाम सामेल गरेका उनी  छिट्टै हलिउड प्रवेश गर्ने तयारीमा छन् ।

विद्युत हलिउडमा वन्डर स्ट्रिट पार्टनर्स क्रिस्टिन होल्डर र मार्क होल्डरका साथ काम गर्न सक्नेछन् । उनले यसै बर्ष आफ्नो प्रोडक्सन हाउस हिरो फिल्मस् पनि घोषणा गरेका थिए । उनी हलिउडका प्रमुख निर्माताको प्रोडक्सनसँग मिलेर काम गर्न पनि कुराकानी गरिरहेका छन् ।

हलिउड फिल्मको बिषयमा उनले भने– ‘म हलिउडका केही सबैभन्दा मेहनती कलाकारसँग जोडिएर निकै खुसी छु ।’  उनी छिट्टै ‘सनक’ र ‘खुदा हाफिज च्याप्टर २’ मा समेत देखिनेछन् ।
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप