शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

खुला श्रोतलाई बढावा दिन ओपो एलएफ एआई र डाटा फाउन्डेशनमा सम्मिलित

बिहीबार, १० असार २०७८, १९ : ३७
बिहीबार, १० असार २०७८

काठमाडौं । ओपोले आधिकारिक रुपमा एलएफ एआई र डाटा फाउन्डेशनको गभर्नेन्स बोर्डमा प्रिमियर सदस्यका रुपमा सहभागिता जनाएको छ । यस मार्फत नवप्रवर्तन तथा एआई प्रविधिको अंगिकारका लागि ओपो लगायत अन्य प्रिमियर सदस्यहरुले सशक्त ओपन सोर्स एआई र डाटा कम्यूनिटिको प्रबर्द्धनका लागि उल्लेखनीय योगदान पु¥याउने छन् ।

सन् २०१८ मार्च महिनामा लिनक्स फाउन्डेशनद्वारा स्थापित एलएफ एआई एन्ड डाटा फाउन्डेशनमा विभिन्न उद्योग मध्येका ४९ सदस्य सम्मिलित छन् । यस फाउन्डेशनको उद्देश्य भन्नु नै संस्थाका सदस्यहरु बीच सहकार्यको सम्भावनालाई बढावा दिँदै नयाँ अवसरहरू खोल्दै ओपन एआई र डाटा कम्यूनिटीको स्थापना तथा विकास गर्दै एआई, एमएल र डाटा क्षेत्रमा ओपन सोर्स इनोभेसनलाई बढावा दिनु रहेको ओपोको दावी छ ।

आफ्नो मिसन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’ तिर अग्रसर हुँदै, इन्टरनेट अफ एक्स्पेरियन्सको यस युगमा डेभलपर्स र पार्टनर्स दुबैका लागि फाइदाजनक ओपन इकोसिष्टमको निर्माण गर्नु आफ्नो उद्देश्य भएको ओपोले जनाएको छ ।

ओपोलाई प्रिमियर सदस्यका रुपमा हाम्रो गभर्निङ बोर्डमा स्वागत गर्न पाउँदा हामी हर्षित भएको एलएफ एआई एन्ड डाटा फाउन्डेशनका कार्यकारी निर्देशक डा. इब्राहिम हदादले बताएका छन् । हदादले भने, ‘हामी ओपन सोर्स डेभलपमेन्टको समर्थन गर्छौ । साथै, ओपन सोर्स एआई र डाटा प्रविधि एकीकृत गर्दै दुबैलाई सहज तथा भरपर्दो बनाउन सघाउने दीर्घकालिन इकोसिस्टमको निर्माणको पक्षधर हों । हाम्रो यस पहललाई ओपोले राम्रोसँग बुझेको छ ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप