शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा भारतीय नागरिक पक्राउ

बिहीबार, १० असार २०७८, १९ : ४२
बिहीबार, १० असार २०७८

पोखराबाट जबरजस्ती करणी कसुरमा एक ब्यक्ति पक्राउ परेका छन् । भारतको बिहार प्रदेश घर भई पोखरा ९ स्थित शान्तिवन बस्दै आएका इन्द्रजितकुमार शर्मालाई कास्की प्रहरीले पक्राउ गरेको हो । शर्माले १६ वर्षे किशोरीलाई विभिन्न प्रलोभनमा पारी डर, धाकधम्की दिई जर्बजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहर कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।

अभियुक्तले किशोरीलाई जबर्जस्ती करणी गरी गोप्य रुपमा बनाएको भिडियो सहितका फोटोहरु किशोरीकै नक्कली फेसबुक आइडी बनाएर हालिदिएको जाहेरीमा उल्लेख छ ।  जाहेरीका आधारमा शर्मालाई बुधबार पोखराको चाउथेबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका प्रतिवादी शर्मा विरुद्ध जबर्जस्ती करणी कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप