बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबि लघुवित्तले सुरु गर्यो क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली

बिहीबार, १० असार २०७८, १९ : ५१
बिहीबार, १० असार २०७८

काठमाडौं ।  एनएमबि लघुवित्त वित्तीय संस्थाले एस.बी.सोलुसनसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीको सुरुवात गरेको छ । यसले इन्टर्नल ऋण वर्क फ्लो, जोखिम मूल्याङ्कन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ । एनएमबि लघुबित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे र एस.बी. सोलुसन्सका अध्यक्ष विपुल ढकालले सम्झौतामा हस्ताक्षर गरेका छन् । 

क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली) को थालनीसँगै लघुबित्त संस्थाहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्य प्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखि न्यूनीकरण गर्नलाई पनि सहयोग पु¥याउनेछ । यो नयाँ तरिकाले लघुवित्त संस्थालाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ ।

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्र्तगत रहेको रेटिङको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्याङ्कनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको छ ।

यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै, लघुवित्त संस्थाहरूका उपभोक्ताहरूले प्रशोधन र ऋण स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशत भन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप