शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा मोटरसाइकल दुर्घटना, एक पुरुषको मृत्यु

बिहीबार, १० असार २०७८, २० : ०५
बिहीबार, १० असार २०७८

पाल्पामा मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो भएको सो दुर्घटनामा अर्का एकजना घाइते भएका छन्  । तिनाउ गाउँपालिका–३ झुम्सास्थित पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु ६७ प ५९११ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकमा पल्टिँदा बर्दियाको बासगढी नगरपालिका ६ निवासी ३६ वर्षीय जग्गु डाँगीको मृत्यु भएको हो  ।

मोटरसाइकल पछाडि बस्ने सोही स्थानका ३० वर्षीय दिपेन्द्र चौधरी घाइते भएका हुन् । दुबै जनालाई  उपचारका लागि लुम्बिनी  प्रादेशिक अस्पताल बुटवल लगिएकोमा दिउँसो ३ बजेर ३७ मिनेट जाँदा डाँगीको मृत्यु भएको पाल्पाका सूचना अधिकृत प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।  

घाइते चौधरीको भने अवस्था सामान्य रहेको बताइएको छ ।  उनीहरु दुवैजना झुम्सा चौकी भञ्ज्याङमा सडक निर्माणको कामका लागि बर्दियाबाट पाल्पा आएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप