बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

इन्द्रसरोवरको नीति तथा कार्यक्रम सार्वजनिक भएन

बिहीबार, १० असार २०७८, २२ : ४६
बिहीबार, १० असार २०७८

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक नहुने भएको छ ।  गाउँपालिकाको १० औं गाउँसभामा पालिका उपाध्यक्ष उमाकुमारी लामाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको विनियोजन नभएको भन्दै गाउँसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक नगरिने पालिका अध्यक्ष जीवन लामाले बताए । 

‘हामीले धेरैकुरा संशोधन र परिमार्जन गर्नुछ, त्यसैले तत्काल मिडियाबाट सार्वजनिक गर्न रोक लगाएको छु’ लामाले रातोपाटीसँग भने । ‘आगामी असार २५ गतेको गाउँ सभामा बजेटमाथि छलफल र विनियोजन भएपछि मात्र हामी हाम्रो वेबसाइटबाट सार्वजनिक गर्छौ’ अध्यक्ष लामाले भने । 

‘हामीले तयार गरेको नीति कार्यक्रम हाम्रो वेबसाइटमा नराखी तपाईलाई कसरी दिने, हाम्रो छलफल बाँकी नै छ त्यसैले हामी अहिले नै सार्वजनिक गर्ने पक्षमा छैनौं’ उनले थपे ।  इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखेर कुल ३८ करोडको बजेट प्रस्तुत गरेको लामाले बताए ।


नीति तथा कार्यक्रम सार्वजनिक नहुँदै परिमार्जनको चटारो 

अध्यक्ष लामाले नीति तथा कार्यक्रममा थुप्रै कुरा परिमार्जन गर्नुपर्ने भएकाले तत्काल मिडियालाई आज सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम र बजेटको पूर्ण विवरण नदिने बताए ।  गाउँपालिकाले आजै मात्र गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमाथि भोलि देखिनै संशोधन हुने भएको छ ।

गाउँपालिकाले तयार पारेको उक्त नीति तथा कार्यक्रम आफू अनुकुल नभएपछि गाउँपालिका अध्यक्ष लामाले संशोधनका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न रोक लगाएका हुन् । विभिन्न समयमा विज्ञहरुसँगको परामर्श पछि तयार पारेको नीति तथा कार्यक्रम वडास्तरको छलफल पछि मात्र सभामा प्रस्तुत हुने गर्छ तर पालिका अध्यक्षले संशोधनका लागि भन्दै नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न रोक लगाएका हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप