केन्द्रीय संस्करण

लमजुङका आठ स्थानीय तहको बजेट सार्वजनिक

person explore access_timeअसार १०, २०७८ chat_bubble_outline0

लमजुङमा रहेका आठ स्थानीय तहको कूल साढे ४ अर्ब बजेट प्रस्तुत गरेका छन् । आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति कार्यक्रम प्रस्तुत गर्दै ४ अर्ब ५८ करोड ७७ लाख १८ हजार ४ सय २ रुपैयाँ अनुमानित बजेट प्रस्तुत गरेको हो । 
जिल्लामा चार नगरपालिका र चार गाउँपालिका गरी आठ पालिका  छन् । यी मध्ये केहीले बुधबार र अधिकांशले आज बजेट प्रस्तुत गरेको छ । प्रस्तुत गरेको बजेटमध्ये ४ वटा नगरपालिकाले २ अर्ब ७५ करोड ६० लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ । ४ वटा गाउँपालिकाले १ अर्ब ८२ करोड ६७ लाख २४ हजार ४ सय २ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । 

यहाँका पालिकामध्ये सबै भन्दा बढी बजेट सुन्दरबजार नगरपालिकाको ७३ करोड २५ लाख ४१ हजार रुपैयाँ रहेको छ । त्यस्तै, जिल्लाकै सदरमुकाम तथा सुविधा सम्पन्न बेँसीशहर नगरपालिकाले ७२ करोड ६५ लाख ४१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । 

त्यस्तै, राइनास नगरपालिकाले  ६१ करोड ५८ लाख ३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको  छ भने, मध्य नेपाल नगरपालिकाले ६७ करोड ८८ लाख ९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।  दोर्दी गाउँपालिकाले अनुमानित ६२ करोड १८ लाख ५२ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।

त्यस्तै, मर्स्याङ्दी गाउँपालिकाले ४८ करोड २७ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ । दूधपोखरी गाउँपालिकाले ४० करोड ५८ लाख ५८ हजार ४ सय २ रुपैयाँको बजेट प्रस्तुत गरेको गाउँपालिकाले जनाएको छ । त्यस्तै सबै भन्दा कम क्व्होलासोंथर गाउँपालिकाले ३१ करोड ३६ लाख १४ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.