बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

घोराही उपमहानगरको बजेट २ अर्ब २० करोड २८ लाख

बिहीबार, १० असार २०७८, २३ : २०
बिहीबार, १० असार २०७८

घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि २ अर्ब २० करोड २८ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नवौँ नगरसभामा आज नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले आगामी आर्थिक वर्षका लागि विकासतर्फ एक अर्ब ७ करोड २५ लाख ९५ हजार रुपैयाँ र चालुतर्फ एक अर्ब १३ करोड २ लाख ८३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।

घोराही उपमहानगरपालिकाले सामाजिक विकास, आर्थिक र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको छ । शिक्षा, युवा तथा खेलकुद, जनस्वास्थ्य प्रबर्द्धन, महिला बालबालिका तथा जेष्ठ नागरिक गरि सामाजिक विकास अन्तरगत ६९ करोड ७२ लाख ६४ हजार रुपैयाँ विनियोजन गरेको छ । स्वास्थ्यतर्फ जनस्वास्थ्य प्रबर्द्धनका लागि ११ करोड ४१ लाख, कोरोना संक्रमितको उपचार, व्यवस्थापन र मृत्यु भएका परिवारलाई आर्थिक सहयोगका लागि एक करोड ८० लाख विनियोजन गरेको छ । बजेट सार्वजनिक गर्दै नगर उपप्रमुख  न्यौपानेले कोरोना मनोसामाजिक परामर्शका लागि १५ लाख, खोप व्यवस्थापनका लागि ३० लाख र अक्सिजन प्लान्ट सञ्चालन अनुदानमा २० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन् ।

स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माणका लागि २ करोड ४० लाख, निःशुल्क रक्त सञ्चारका लागि ८ लाख, आमा सुरक्षाका लागि १५ लाख, निशुल्क मोतिया बिन्दु शल्यक्रियाका लागि ८ लाख, जेष्ठ नागरिक घरदैलो स्वास्थ्य जाँचका लागि ८ लाख रुपैयाँ विनियोजन गरिएको छ । शिक्षातर्फ स्नातक तहमा अन्तिम वर्षका जेहेन्दार विद्यार्थीलाई पेड इन्टर्नसिप कार्यक्रमका लागि १० लाख, युवा तथा खेलकुदका लागि २५ लाख, डाक्टर र इन्जिनियर पढाउनका लागि १६ लाख, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्ग दलित, मुस्लिम, पिछडावर्ग, मुक्त कमलरी, द्धन्द्ध पीडितहरुको उत्थानका लागि एक करोड २० लाख रुपैयाँ विनियोजन भएको छ ।

त्यसैगरी, आर्थिक विकास अन्तरगत ४ करोड ६० लाख ४ हजार रुपैयाँ विनियोजन भएको छ । पूर्वाधार विकासतर्फ सडक पिच, ग्राभेल तथा बाट स्तरोन्नतिका लागि ४६ करोड १० लाख, भवन निर्माणका साढे ५ करोड, सिञ्चाईका लागि ४ करोड ६५ लाख, पुल कल्भर्टमा २ करोड ४० लाख, पर्यटन पूर्वाधारतर्फ एक करोड ३४ लाख, विद्युत बिस्तारका लागि ९३ लाख रुपैयाँ विनियोजन भएको छ ।

त्यसैगरी, सरसफाइतर्फ एक करोड ५ लाख ५० हजार, खरको छानो विस्थापितका लागि साढे २ करोड, विपद व्यवस्थापन कोषमा एक करोड, जोखिमयुक्त जलाशय तारबार, हरियाली प्रबर्द्धन, भू–क्ष्य रोक्ने जस्ता कार्यक्रमका लागि ६ करोड ४८ लाख २५ हजार रुपैयाँ विनियोजन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप