तुलसीपुर उपमहानगरले ल्यायो ३ अर्ब ३९ करोडको बजेट
तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि ३ अर्ब ३९ करोड ९६ लाख १५ हजार रूपैँया बजेट सार्वजनिक गरेको छ । नगरसभाको नवौँ अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख माया शर्माले ‘समृद्ध तुलसीपुर : सबैका लागि, सधैका लागि’ भन्ने मुल नाराका साथ आगामी आर्थिक वर्ष २०७८–०७९ को अनुमानित ३ अर्ब ३९ करोड ९६ लाख १५ हजार रुपैयाँ बजेट सार्वजनिक गरेकी हुन् ।
जसमा आन्तरिक स्रोतबाट ६० करोड, संघीय सरकारबाट प्राप्त हुने अनुदान र बाँडफाँटबाट २ अरब १७ ९६ ख १५ हजार, प्रदेश सरकारबाट प्राप्त हुने ९ करोड ७८ लाख १९ हजार र अन्य संघ संस्थाहरूबाट प्राप्त रकम २ करोड २५ लाख आय हुने अनुमान गरिएको छ ।
जसमा पुँजीगततर्फ नगर र वडास्तरीय पूर्वाधार विकास र अन्य ससर्त कार्यक्रम तथा विकास कार्यक्रमका लागि एक अरब ६२ करोड १६ लाख १६ हजारको अनुमानित बजेट बिनियोजन गरिएको छ । उनले स्वास्थ्य, कृषि, रोजगार, गरिबी निवारण तथा शिक्षालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद