बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तुलसीपुर उपमहानगरको कुल बजेटको ३० प्रतिशत ऋणमा

शुक्रबार, ११ असार २०७८, २३ : १७
शुक्रबार, ११ असार २०७८

घोराही उपमहानगरपालिकाले भन्दा तुलसीपुर उपमहानगरपालिकाले बढी बजेट ल्याएको छ । घोराहीले २ अर्ब २० करोड २८ लाख ७८ हजारको बजेट ल्याएको हो भने तुलसीपुरले ३ अर्ब ३९ करोड ९६ लाख १५ हजारको बजेट ल्याएको छ । घोराही उप महानगरपालिकाले आउँदो आर्थिक वर्ष ०७८–०७९ का लागि दुई अर्ब २० करोड २८ लाख ७८ हजार विनियोजन गरेको छ ।

उप महानगरपालिकाको नवौं नगरसभामा उपप्रमुख सीता सिग्देल न्यौपानेले उक्त बजेट विनियोजन गरेकी हुन् । यसरी विनियोजन गरिएको बजेटमध्ये चालूतर्फ १ अर्ब १३ करोड दुई लाख ८३ हजार विनियोजन गरिएको छ । जुन कुल बजेटको ५१.३१ प्रतिशत रहेको छ । पुँजीगततर्फ १ अर्ब ७ करोड २५ लाख ९५ हजार विनियोजन गरिएको छ । जुन कुल बजेटको ४८.६९ प्रतिशत रहेको हो ।

उपमहानगरपालिकाले कोभिड–१९ संक्रमणबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग, कोभिड उपचार तथा व्यवस्थापनमा १ करोड ८० लाख, स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माणका लागि दुई करोड ४० लाख, जन स्वास्थ्य प्रवर्द्धन कार्यक्रमतर्फ ११ करोड ४१ लाख विनियोजन गरिएको छ ।

तुलसीपुर उपमहानगरले बजेट ३ अर्ब ३९ करोड ९६ लाख १५ हजार रुपैया सार्वजनिक गरेको छ । बजेट बनाउने क्रममा झण्डै १ अरब बढि ऋणबाट परिपूर्ति गर्ने देखाइएको छ । जनतालाई संघीयताको बेग्लै महसुस गराउने उद्देश्यले उपमहानगरको भएको भन्दै उपमहानगरले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३९ करोड ९६ लाख १५ हजारको महत्वाकांक्षी बजेट ल्याएको हो ।

उपमहानगरको नवौँ नगरसभामा उपप्रमुख माया शर्माले कोभिड–१९ ले अति प्रभावित आर्थिक तथा सामाजिक क्षेत्रको पुनर्उत्थानमा आधारित रहेर आगामी वर्षको बजेट प्रस्तुत गरेकी हुन् । उपमहानगरले आर्थिक वर्ष ०७८–७९ का लागि पुँजीगततर्फको १ अर्ब ६२ करोड १६ लाख १६ हजार रकम नगर र वडास्तरीय पूर्वाधार विकास र अन्य सशर्त कार्यक्रम तथा विकास कार्यक्रमका लागि विनियोजन गरेको छ भने सामाजिक सुरक्षातर्फ ४० करोड बजेट विनियोजन गरिएको छ । त्यसैगरी चालुतर्फ प्रशासनिक खर्च र अन्य सञ्चालन कार्यक्रम खर्चतर्फ १ अर्ब ३५ करोड ६९ लाख ९२ हजार विनियोजन गरिएको छ । वित्तीय खर्चतर्फ २ करोड १० लाख विनियोजन गरिएको छ ।

उपमहानगरले जनप्रतिनिधिको पाँच वर्षे अवधिको अन्तिम कार्यकालमा महत्वाकांक्षी बजेट ल्याएको छ । तर कुल बजेटको ३० प्रतिशत बजेट ऋणबाट परिपूर्ति गर्ने देखाइएको छ । आर्थिक वर्ष ०७७/७८ मा लक्ष्य गरिएको मध्ये १ अर्ब २ करोड न्यून आय भएको भन्दै उपमहानगरले कम भएको रकममध्ये नगर विकास कोषको ऋण सहयोगबाट ४० करोड, आन्तरिक ऋण तथा बहुवर्षीय दायित्वबाट ६० करोड र आन्तरिक बचतबाट २ करोड पूर्ति गर्ने व्यवस्था गरेको नगर सभाबाट जानकारी गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप