बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यो एक बानीले निम्त्याउँछ छिट्टै मृत्यु

आइतबार, १३ असार २०७८, ११ : ५४
आइतबार, १३ असार २०७८

खाना र पानी जस्तै मानिसको जिन्दगीमा निन्द्रा पनि एकदमै जरुरी छ । पछिल्लो समय विशेषज्ञहरुले पर्याप्त निदाउन सल्लाह दिने गरेका छन् । यसै सन्दर्भमा गरिएको एक अनुसन्धानले रातिमा अनिन्द्राको समस्या र कम समय सुत्ने मानिसमा डिमेन्शिया नामक रोग लाग्ने खतरा बढ्छ । यति मात्र होइन कम निन्द्राले मानिसको मृत्यु पनि छिट्टै आउने अध्ययनमा खुलासा भएको छ । 

हार्वर्ड मेडिकल स्कुलका मेडिसिन इन्स्ट्रक्टर रेबेका रोबिन्सनका अनुसार हरेक रात पूरा निन्द्रा निकै महत्त्वपूर्ण हुन्छ । यो हाम्रो न्युरोलोजिकल सिस्टमका लागि फाइदाजनक मानिन्छ । भने, लामो उमेरका लागि पनि रातभर निदाउन आवश्यक छ । 

विशेषज्ञका अनुसार अमेरिकामा मात्र होइन विश्वभर नै निन्द्रा, डिम्नेशिया र कयौं अन्य रोगहरु लाग्नु र छिट्टै मृत्यु हुनुका पनि कम निन्द्रा मानिन्छ । वल्र्ड स्लीप सोयायटीका अनुसार विश्वभरका ४५ प्रतिशत व्यक्तिका स्वास्थ्याका लागि कम निन्द्रा खतरनाक मानिन्छ । 

सामान्यतयाः हरेक रात कम्तिमा ७ देखि १० घण्टा निदाउन आवश्यक छ । यस्तै, युएस सेन्टर्स फर डिसिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार अमेरिकामा हरेक तीन जनामध्ये एक जनाले ७ देखि १० घण्टा निदाउन सक्दैनन् । 

रिपोर्टका अनुसार अमेरिकामा ५ देखि ७ करोड मानिस स्लीप डिसअर्डर, स्लीप एपनिया, इन्सोनिया र रेस्टलेस लेग सिन्ड्रोम जस्ता बिरामीसँग जुधिरहेका छन् । यसलाई पब्लिक हेल्थ प्रोब्लम भनिन्छ । किनकी निन्द्रासँग मधुमेह, स्ट्रोक, कार्डियोभास्क्यूलर र डिमेन्शिया जस्ता समस्याहरु पनि जोडिएका हुन्छन् । 

जर्नल अफ स्लीप रिसर्चमा प्रकाशित एक अध्ययनले सन् २०११ देखि सन् २०१८ को बीचमा जम्मा गरिएका डाटाहरुको अध्ययन गरिएको थियो । जसमा अनिन्द्राको समस्या भएका धेरै व्यक्तिहरु रातभर चिन्तित रहन्छन् । रातभर चिन्तामा रहने ४४ प्रतिशत व्यक्तिमा मृत्युको जोखिम पनि बढ्छ । जसमा ५६ प्रतिशत व्यक्तिको मृत्यु छिट्टै हुने गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप