डेढ घण्टा पानी पर्दा जनकपुरधाम जलमग्न
करिब डेढ घण्टा भएको अविरल वर्षाले जनकपुरधाम जलमग्न भएको छ । अविरल वर्षाका कारण सोमबार जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश वडाका घरहरूमा पानी पसेका छन् भने केही वर्ष पूर्व एडिबीको ऋण सहयोगमा बनेको नवनिर्मित सडकहरूमा समेत पानी जमेको छ ।
सडकमा १ फिटसम्म पानी जमेपछि सर्वसाधारणलाई आवतजावतमा निकै कठिनाइ भएको छ । भारी वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकाकी नगर उपप्रमुख रिता मिश्रको घरमा समेत पानी पसेर जलमग्न भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका मुख्य चोकहरु रामानन्दचोक, भानू चोक, पिडारी चोक, राम चोक, पिडरियामाईस्थान लगायतका स्थानहरूमा समेत पानी पसेको छ ।
अधिकांश गल्लीका सडकहरूमा समेत पानी जमेको छ भने कतिपय पसलहरूमा समेत पानी पसेको छ । यहाँको सरस्वती नगर, मिथिला नगर, धत्ताटोल, पिडारी टोल लगायतका प्रायः सबै टोल जलमग्न भएका छन् ।
भारी वर्षाका कारण यहाँका सरकारी कार्यालयहरू आन्तरिक राजश्व कार्यालय, हुलाक कार्यालय, परिवार नियोजन सङ्घ, महिला विकास केन्द्र, वन निर्देशनालय, ट्राफिक प्रहरी कार्यालय, प्रादेशिक अस्पताल लगायतका परिसरहरू जलमग्न भएका छन् । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, प्रदेशसभा भवन, रेडक्रस सोसाइटी, बाह्रविघा मैदान लगायतका स्थानहरू समेत जलमग्न छन् ।
वर्षाको सुरुवातमै यस्तो अवस्था सिर्जना भएपछि स्थानीय चिन्तित छन् । केही वर्ष अघि मात्रै नाला ढलान सहित चौडा सडक निर्माण भए पनि पानीको निकास नहुँदा सडक जलमग्न भएको हो । कमसल र मापदण्ड अनुसार सडक, ढल तथा नाला निर्माण नहुँदा सडकमा पानी जमेर घर भित्रसम्म जलमग्न हुनुको दोषी वडा कार्यालय र जनकपुरधाम उपमहानगरपालिका र जनप्रतिनिधिहरूको कमिसन खाने बानीको कारण यस्तो समस्या उत्पन्न भएको आरोप युवा अभियन्ता सुशील कर्णले लगाएका छन् । उनले व्यवस्थित र फराकिलो नाला तथा ढल नबनाउँदा र गुणस्तरहीन सडक निर्माणले सडक देखि घरसम्म जलमग्न भएको आरोप लगाए ।
जनकपुरधाम उपमहानगरपालिकाले निर्माण गरेको ढलमा निकासका समस्याका कारण यस्तो अवस्था उत्पन्न भएको छ । सडकमा कालोपत्रे र पेटी निर्माणका क्रममा ढलमा इट्टा, गिट्टी र बालुवा पसेका कारण पानीको निकास अवरुद्ध भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा राप्रपा तटस्थ
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन