शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

असार १५ मा सुष्माको हट अवतार, तस्बिरहरु हेर्नुहाेस्

मङ्गलबार, १५ असार २०७८, ०९ : ३७
मङ्गलबार, १५ असार २०७८

पछिल्लो समयका व्यस्त मोडल मध्यकी एक हुन् सुष्मा अधिकारी । अहिलेसम्म करिब तीन सय बढी म्युजिक भिडियो मोडलिङ गरिसकेकी उनले महिनामा कम्तीमा पनि तीनदेखि चार भिडियो गरेकी नै हुन्छिन् । 

सानैदेखि नृत्य रुचि राख्ने उनी ६ वर्ष अगाडि प्लस टू सकेर कलेज अध्ययनका लागि काठमाडौँ छिरेकी थिइन् । काठमाडौँ छिर्नुको उनको अर्को उद्देश्य कलाकारिता पनि थियो । किनभने स्कुलमा हुने सांस्कृतिक कार्यक्रम र चाडपर्वमा नृत्य कौशल देखाउँदै आएकी उनलाई घरपरिवारबाट भने कलाकारीको अनुमति थिएन । ‘परिवारको राम्रो जागिर खाओस् भन्ने इच्छा थियो’ उनले भनिन्, ‘ आफ्नो रुचि कलाकार बन्ने रहेकोले काठमाडौँ छिरे ।’

अहिले पढाइ र मोडलिङ एकसाथ अगाडि बढाउँदै रहेकी अधिकारीले सागर थापाको गीतमा ‘फूलबारीको बाटो हिँड्छौ’ बाट मोडलिङ डेब्यु गरेकी हुन् । त्यस अगाडि भने उनले फोटोसुट गराएकी थिइन् । जुन तस्बिर मिडियामा छापिएपछि उनलाई भिडियोको अफर मिल्यो ।

‘अनौठो प्रेम कथा’ र ‘पीपल’ फिल्मकी अभिनेत्री पनि हुन् उनी । भिडियो जम्दै गएपछि फिल्ममा पनि केही गर्नुपर्छ भन्ने सोचका साथ उनले यी फिल्म अभिनय गरेकी हुन् । दुई फिल्म अभिनय गरेपछि सयौँ फिल्मका निर्माता निर्देशकसँग चिनजान छ उनको । उनले भेटेको जतिले फिल्म दिएको भए अहिलेसम्म उनले अभिनय गरेको फिल्म थुप्रै हुन्थ्यो होला । ‘कति त कलाकारसँग उठबस गर्न फिल्म बनाउने गफ दिँदा रहेछन्,’ तितो अनुभव उनले शेयर गरिन् ।

फिल्म अभिनयको मरिहत्ते नगर्ने उनी वर्षमा एक दुई फिल्म गर्नु भन्दा म्युजिक भिडियोमै आम्दानी पनि राम्रो हुने र करियर पनि सुरक्षित हुने बताउँछिन् ।

नाम चलेकादेखि नयाँ गायक÷गायिकाको गीतमा समेत मोडलिङ गर्न भ्याएकी उनलाई आफ्नै भिडियोमा अञ्जु पन्तको ‘तिमीले भुल्न सके’ र शिव परियारको ‘तिमीलाई भुल्ने बहानामा’ धेरै मनपर्छ रे ।

थुप्रै विज्ञापनमा समेत काम गरेकी उनी स्टेज कार्यक्रमका लागि पनि त्यति नै चर्चित छिन् । देश तथा विदेशका कार्यक्रमको अनुभव सँगाली सकेकी उनी स्टेज कार्यक्रमबाट पनि राम्रो आम्दानी हुने बताउँछिन् ।

फुलटाइम मोडलिङमा दिएर नै आफूलाई काठमाडौँमा टिक्न सजिलो भएको बताउने उनले छैटौँ राप्ती म्युजिक अवार्डमा उत्कृष्ट मोडलको अवार्ड हात पारेकी थिइन् ।  यसको अलावा अन्य केही अवार्ड हात परेकी उनी अवार्डले प्रेरणा र हौसला मिल्ने बताउँछिन् ।

अभिनयमा सफल कलाकार बन्ने लक्ष्य रहेकी सुष्मा अहिलेसम्म सिङ्गल छिन् । अझै केही वर्ष विवाहको सोच नभएको बताउने उनले काठमाडौँ आएर धेरै मिस गरेको केही कुरो भने असारको रोपाई पनि एक हो । उनी घरमा हुँदा हरेक वर्ष खेतमा हिलो खेल्दै साथीसङ्गी, आमाबुबा लगायतसँग रोपाइमा भाग लिन्थिन् । काठमाडौँ छिरेपछि भने तस्बिर सुट गरेर रोपाइँको त्यो प्यास मेट्दै आएकी छन् ।

आज असार १५ धान दिवस हो । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको यो दिन रोपाइँ जात्राका रूपमा समेत मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाइँसँंगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने चलन चलिआएको छ । 

यही असार १५ को अवसर पारेर उनले केही विशेष फोटो सुट समेत गरेकी छन् । अनिस शाक्यको क्लिकमा मोडल सुष्माको हट अवतार ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप