सोलुखुम्बुमा बलबहादुर केसीलाई बाम गठबन्धनबाट कति खतरा ?
सोमबार, ०६ कात्तिक २०७४, ११ : ४३
काठमाडौं– मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि सोलुखुम्बुमा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमकुमार राई र नेपाली कांग्रेसका तर्फबाट बलबहादुर केसीवीच चुनावी प्रतिष्पर्धा हुँदैछ ।
रातोपाटीले स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरुले पाएको मतका आधारमा पहिलो चरणमा हुने जिल्लामा उनीहरुको उपस्थितिलाई आंकलन गरेको छ ।
गएको स्थानीय तहको निर्वाचनमा बाम दलले सोलुखुम्बुमा २१ हजार ६ सय ९९ मत पाएको थियो भने नेपाली कांग्रेसले १२ हजार ७ सय १८ मत पाएको थियो ।
यस आधारमा यहाँ बाम गठबन्धनको मत कांग्रेसले पाएको भन्दा ८ हजार ९ सय ८१ मत भन्दा धेरै छ । यहाँ पनि बाम गठबन्धनलाई जित्न नेपाली कांग्रेसलाई कडा चुनौती रहेको छ । प्रतिनीधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा ६९ हजार ४ सय २२ मतदाता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारीका अध्यक्षका दाबेदार विश्वमणि थापाले उम्मेदवारी फिर्ता लिए
-
भाटभटेनीको एकीकृत कर प्रणालीमा पहुँच राखेको आरोपमा दुई जना पक्राउ
-
७२ घण्टाको अवधिमा अमेरिकामा समातिए ५३८ अवैध आप्रवासी
-
सुदूरपश्चिमको बरघर भलमन्सा ऐन चाँडै आउँछ : मुख्यमन्त्री शाह
-
सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु पछिको खुसीयाली, तस्बिरमा हेर्नुहोस्
-
यु–१९ महिला विश्वकप क्रिकेट : नेपालसँग मलेसिया पराजित