बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड संक्रमणबारे जानकारी लिन ‘सेरो प्रिभिलेन्स सर्भे’ गरिँदै

बुधबार, १६ असार २०७८, १७ : ४३
बुधबार, १६ असार २०७८

सरकारले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको अवस्थाबारे जानकारी लिन ‘सेरो प्रिभिलेन्स सर्भे’ गर्ने भएको छ । देशभरका ७७ जिल्लामा पुगेर १३ हजार नमुना संकलन गर्ने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

संक्रमणको अवस्थाबारे जानकारीका लागि ‘सेरो प्रिभिलेन्स सर्भे’ सुरु गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेल बताए । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले नमुना संकलनका लागि अबको दुई दिनमा गाउँ–गाउँ सर्भे प्राविधिकहरू पुग्ने भएकाले सहयोग गर्न सबैलाई आग्रह गरे ।

डा. पौडेलले भने, ‘यो सर्भेको नतिजाले आगामी दिनमा कोरोनाभाइरस संक्रमणसँग जुध्न गर्ने तयारी र योजनाका लागि सहयोग गर्नेछ ।’ पौडेलका अनुसार यो सर्भेपछि नेपालमा कति संक्रमित भए र कहाँ बढी जोखिम छ भनेर जानकारी हासिल गर्न सकिन्छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, केन्द्रीय तथ्याङ्क विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र  विश्व स्वास्थ्य संगठनको सहकार्यमा सेरो प्रिभिलेन्स सर्भे सुरु गर्न लागिएको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप