शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘जुठे’ अब नियमित हुने

बुधबार, १६ असार २०७८, २० : ०८
बुधबार, १६ असार २०७८

निषेधाज्ञाको कारण रोकिएको टेलिसिरियल ‘जुठे’ आज साँझबाट प्रसारणमा आउने भएको छ । सिरियलका निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ ले सो जानकारी दिएका हुन् ।  ‘निषेधाज्ञा केही खुकुलो भएलगतै हामीले सिरियल पोखरामा सुटिङ गरेका छौ’ निर्देशक श्रेष्ठले भने ‘अबदेखि सिरियल नियमित हुन्छ ।’

राजु पौडेल ‘मास्टर’ र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ को संयुक्त लेखन निर्देशन रहेको सिरियलमा रवि गिरी, विद्या कार्की,  रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, राजु पौडेल, मरिचमान श्रेष्ठ लगायतको कलाकारको मुख्य अभिनय रहँदै आएको छ ।

योगेश काजीको संगीत रहेको श्रृङ्खलामा​ राहुल राई र घनश्याम पोखरेलको छायाँकन, रविन भट्टले सम्पादन गर्दै आएका छन् । सिरियलले धेरै पहिलेको सामाजिक घटना कथाको रुपमा प्रस्तुत गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप