अमेरिकामा तातो हावाका कारण ६० भन्दा बढी मानिसको मृत्यु

person explore access_timeअसार १७, २०७८ chat_bubble_outline0

 

अमेरिकामा प्रचण्ड गर्मीको कारण सिर्जना भएको तातो हावाको कारण ६० जना भन्दा ज्यादा मानिसहरूको मृत्यु भएको छ । अमेरिकाको प्रशान्त उत्तर पश्चिमी क्षेत्रमा ६० जना भन्दा ज्यादा मानिसको निधन भएको हो । अझ पनि यस क्षेत्रमा लामो समय सम्म प्रचण्ड गर्मीको सामना गर्नु पर्ने  छ  ।

अमेरिकाको ओरेगन राज्यमा गत शुक्रवारदेखि हाल सम्म ६३ जनाको ज्यान गैसकेको राज्य चिकित्सा (शव) परीक्षण अधिकारीले जनाएका छन् । त्यस मध्ये मृत्यु हुने ४५ जना पोर्टल्याण्डको मुनोमा काउन्टीमा मात्र परेको जानकारी काउन्टी चिकित्सा परीक्षकले भने।

मृतकहरू मध्ये धेरै वातानुकूलित  वातानुकूलन (एयर कन्डिसन ) अथवा पङ्खा नरहेको कारण मृत अवस्थामा फेला परेको शव जाँच गर्ने अधिकारीले एक वक्तव्यमा जनाएका छन् ।

ओरेगमा सन् २०१७ देखि २०१९ बीचमा हाइपरथरमिया (शरीरमा अत्यधिक उच्च तापक्रम हुनु ) बाट १२ जनाको मृत्यु भएको थियो ।

ओरेगोनमा पनि तापक्रम अत्यधिक वृद्धि सँगै अस्पताल आउनेको सङ्ख्यामा वृद्धि भएको छ । गत सोमबार मात्र २५० जना गर्मीको कारण अस्पताल आएका थिए । यसै गरी क्यानडाकोनजिकैको स्नोहोमिश काउन्टीमा ५१ देखि ७७ वर्षका तीन व्यक्तिहरू अत्यधिक गर्मीको कारण मृत्यु भएको छ ।

गत मङ्गलवार स्पोक्यान वाशिंगटनमा दुई जना तातो हावाको कारण आफ्नै आवास गृहमा फेला परेका थिए।

व्यावसायिक सुरक्षा तथा स्वास्थ्य प्रशासनले शनिबार ओरेगनमा यसको अनुसन्धान गरिरहेको छ । जहाँ एक कृषि केन्द्रका मजदुर अचेत अवस्थामा फेला परेका थिए भने पछि उनको मृत्यु भयो।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।