६ महिनामा भित्रिए ५८ हजार विदेशी पर्यटक
कोभिड–१९ महामारीको नराम्ररी असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको सङ्ख्या निराशाजनक देखिन्छ । महामारीकैबीच पनि झिनो सङ्ख्यामा भए पनि विदेशी पर्यटक नेपाल आइरहेका छन् ।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२१ को छ महिनामा ५८ हजार ५८ विदेशी पर्यटक भित्रिएका छन् । वर्षको जुन महिनामा जम्मा एक हजार १४३ पर्यटक हवाई मार्ग भएर नेपाल आएका छन् । सोही महिनामा अघिल्लो सन् २०१९ मा ४४ हजार ३६९ थियो । सन् २०२० को यही महिनामा १०२ जना मात्रै विदेशी नेपाल आएका थिए ।
बोर्डका प्रवक्ता मणि लामिछानेका अनुसार यो वर्षको जनवरीमा आठ हजार ८७४, फेब्रुअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७ र अप्रिलमा सबैभन्दा बढी २२ हजार ४५० विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस्तै मेमा एक हजार ४६८ र जुनमा एक हजार १४३ पर्यटक नेपाल आएका छन् । जुनमा नेपालबाट तीन हजार ६०६ विदेशी बाहिरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी बोकेको बस दुर्घटना, ६ जना घाइते
-
बागमती गोल्डकप : हानामीलाई हराउँदै एपीएफ विजय
-
सिनेट नराखे त्रिवि पदाधिकारीलाई प्रवेश निषेध गर्ने चेतावनी
-
प्रधानमन्त्री ओली कीर्तिपुर अस्पतालमा, कस्तो छ पौडेल र आचार्यको अवस्था ?
-
सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधा दिनुपर्ने मागसहित निजामती अस्पतालका कर्मचारी आन्दोलित
-
लुम्बिनी प्रदेशसभाबाट दुई विधेयक पारित