बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘ओली ज्ञानेन्द्रपथमै जानुभयो, काँग्रेस–कम्युनिस्ट गठबन्धन अहिलेको आवश्यकता हो’

‘गिरिजाबाबुले नारायणकाजीसँग तेस्रो भेटमा मात्रै दोहोरो कुरा गर्नुभो’
आइतबार, २० असार २०७८, ११ : २५
आइतबार, २० असार २०७८

नेकपा एमालेको माधव नेपाल पक्ष र नेकपा माओवादी केन्द्रसमेतले नेपाली काँग्रेससँग मिलेर विपक्षी गठबन्धन बनाएपछि यसबारे राजनीतिक बहस जारी छ । शनिबार बालुवाटारमा प्रधानमन्त्री ओलीले विपक्षी मोर्चाप्रति आक्रोश पोख्दै भने, ‘विपक्षी मोर्चा कसका विरुद्ध बनेको हो बताइदिनोस् त साथीहरू । यो विपक्षी मोर्चा कोभिड विरुद्ध लड्नलाई बनाएका हुन् यिनीहरूले ? बाढी पहिरोको विरुद्धमा जनतालाई राहत पुर्‍याउन त्यो मोर्चा खोल्या हो ?’

विगत २०६२/०६३ को जनआन्दोलनका बेला काँग्रेस, एमाले र भूमिगत माओवादीलाई समेत एक ठाउँमा ल्याएर मोर्चा बनाउन भूमिका खेलेका वामपन्थी नेता अमिक शेरचनचाहिँ काँग्रेस र कम्युनिस्टहरुको गठबन्धन अहिलेको आवश्यकता भएको बताउँछन् । उनी भन्छन्, ‘गठबन्धन अहिलेको आवश्यकता हो, माग हो । लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षता, समावेशी, समानुपातिक लगायत खतरामा पार्ने ओलीको योजना छ । ओलीजी ज्ञानेन्द्र पथमै जानुभएको छ । उहाँ ज्ञानेन्द्रपथ भन्दा फरक हुनुहुन्न । व्यवहारले देखाइसक्यो, प्रस्ट भइसक्यो ।’

अहिलेको विपक्षी गठबन्धनमा सीपी मैनाली, नेमकिपा, विप्लव र वैद्यहरूलाई ल्याउनुपर्ने शेरचन बताउँछन् । ७९ वर्षीय शेरचन आफू अझै सडकमा आउन तयार रहेको बताउँछन् ।

अहिले गण्डकी प्रदेश प्रमुखको जिम्मेवारीबाट मुक्त भएर आफूलाई ‘जेलमुक्त’ भएजस्तै अनुभव गरिरहेका शेरचनसँग हामीले ०६२/०६३ को आन्दोलनअघि गिरिजाप्रसाद कोइरालासँग मिलेर कसरी काँग्रेस, एमाले र माओवादीलाई एक ठाउँमा ल्याउनुभयो भन्ने इतिहास कोट्यायौँ ।  

प्रस्तुत छ–  २०६२/०६३ को जनआन्दोलनमा वाम–काँग्रेस गठबन्धनका ‘आर्किटेक्ट’ का रूपमा परिचित शेरचनसँग रातोपाटीले गरेको कुराकानी :

प्रचण्डजीमार्फत आएको प्रस्ताव पनि अस्वीकार गरेँ । कुरै नगर्नुस्, यो बीचमा केही नसोध्नुस् भनेर प्रचण्डलाई पनि भनेँ । तपाईंले राष्ट्रपति प्रस्ताव गर्दा नखाने मान्छे म त्यहाँ किन जाने ? मैले प्रचण्डलाई भनेँ । राष्ट्रपति भएपछि राजनीतिक गतिविधिबाट निष्क्रिय भएर बस्नुपर्ने अवस्था आउँछ, म अहिले पनि राजनीतिकर्मी हुँ । म राजनीति गरेरै र गर्दागर्दै मर्न चाहने मेरो इच्छा हो भनेर मैले भनेँ ।​

गण्डकी प्रदेशको प्रदेश प्रमुखबाट जिम्मेवारीमुक्त भएपछि के गर्दै हुनुहुन्छ ? फुर्सदमा दिन बितिरहेका छन् कि झन् व्यस्तता बढेको छ ?

फुर्सद छ, आनन्द छ । मानसिकरूपले चिन्तारहित छु । तर, राष्ट्रिय चिन्ता छ फेरि । जनताको अधिकार खोसिने स्थिति देखिएकाले त्यसमा बढी चिन्ता छ । व्यक्तिगत र पारिवारिक रूपमा ठिक छ ।

प्रदेश प्रमुखबाट जिम्मेवारीमुक्त गर्ने बेलामा सोधियो कि सोधिएन ?

हा. हा..हा... । प्रदेश प्रमुख नियुक्ति कात्तिकमा गर्नुभयो, तर त्योभन्दा अघिको म असारमा बालुवाटार गएको थिएँ । त्यो बेलामै ओलीजीले प्रस्ताव गर्नुभएको थियो । तर, मैले त्यो प्रस्ताव स्वीकार गरिनँ । यो हुँदैन भनेँ मैले । त्यसपछि फेरि पनि भन्नुभयो, मैली अस्वीकार गरेँ । त्यसपछि प्रचण्डजीमार्फत भन्न लाउनुभयो । प्रचण्डजीमार्फत आएको प्रस्ताव पनि अस्वीकार गरेँ । कुरै नगर्नुस्, यो बीचमा केही नसोध्नुस् भनेर प्रचण्डलाई पनि भनेँ । तपाईंले राष्ट्रपति प्रस्ताव गर्दा नखाने मान्छे म त्यहाँ किन जाने ? मैले प्रचण्डलाई भनेँ । राष्ट्रपति भएपछि राजनीतिक गतिविधिबाट निष्क्रिय भएर बस्नुपर्ने अवस्था आउँछ, म अहिले पनि राजनीतिकर्मी हुँ । म राजनीति गरेरै र गर्दागर्दै मर्न चाहने मेरो इच्छा हो भनेर मैले भनेँ ।

पछि उहाँहरूले केके गर्नुभएछ र प्रदेश प्रमुखको निर्णय सुनाउनुभयो । त्यो निर्णय सुनाएपछि एउटा अनुशासित कार्यकर्ताको हैसियतले पार्टीको निर्णय बाध्य भएर स्वीकारेको मात्रै हुँ । तर, मैले पदको निम्ति प्रस्ताव गरेको होइन, बरु प्रस्ताव गर्दा इन्कार गरेको हुँ । जहाँसम्म पदमुक्तको कुरा छ । एक त म नचाहेको मान्छेलाई किन नियुक्ति गर्ने ? अनि नियुक्ति गरेर पदमुक्त गर्ने बेलामा पनि सामान्यतया लहै यस्तो हुँदैछ । नयाँ मान्छे पठाउनुपर्ने अवस्था देखियो भनेर जानकारीसमेत दिइएन । प्रधानमन्त्री ओलीले त दिने कुरा पनि भएन । उहाँको व्यवहार दुनियाँलाई थाहा छ । उहाँ कम्युनिस्ट पनि होइन यो कुरा म प्रस्टै भन्छु । नक्सालवादी आन्दोलनमा परेर झापा विद्रोहमा भाग लिए धर्मनाथ ढकाललाई मारेकोमा । त्यहाँ धेरै मान्छेलाई फाँसी दिइयो । पछि ओली पक्राउ भएर जेल गए । त्यसकारण न ओलीसँग सङ्गठनकै अनुभव छ, न जनताको सुख दुःखको लामो अनुभव छ ? न जिल्ला जिल्लामा जनता कसरी बसेका छन् र हुर्केका छन् भन्ने अनुभव नै छैन ।

जेल पर्नुभयो, ४५ सालमा हामीले जनसङ्घर्ष गर्‍यौँ । त्यो जनसङ्घर्षमा आम माफी भयो, राजाले आममाफी दिए । त्यहाँबाट जेलमुक्त भएर आएपछि सांसद भए । सांसदपछि मन्त्रीका मन्त्री हुँदै प्रधानमन्त्री भएर सत्ताको सत्तामै छन् । तल जाँदै नगएपछि जनताको दुःखसुख ? कम्युनिजम भनेको के हो ? त्यो होइन, उहाँ जेल बस्दा पनि धार्मिक किताबहरू पढ्ने गर्नुहुन्थ्यो भन्ने उहाँसँगै बसेकाले मलाई धेरै पटक भनिसक्नुभएको छ । त्यस्तो मान्छेमा विवेक छ भनेर मैले आशा गर्नु नै व्यर्थ हो ।

तर, राष्ट्रपतिले नि ?

राष्ट्रपतिले चाहिँ सोध्नुपर्थ्यो । यस्तो यस्तो स्थिति आयो, सरकारले निर्णय गरेर पठायो के गर्ने ? म त बाध्यकारी छु भनेर सामान्य सूचनासम्म दिएको भए हुन्थ्यो । त्यो गर्नु एउटा रुल एन्ड रेगुलेसन र औपचारिकता पनि हुन्थ्यो । तर त्यो पनि उहाँले निर्वाह गर्नुभएन । राष्ट्रपतिले चाहिँ त्यो भूमिका निर्वाह गर्नुहुन्छ होला भन्ने अपेक्षा गरेको थिएँ । किनभने उहाँ त मदन भण्डारीकी श्रीमती । मदनकै आन्दोलनको नामबाट उहाँ अहिले राष्ट्रपति पनि हुनुभयो । उहाँको पनि राजनीतिक इतिहास त छैन तर मदन भण्डारीको हत्यापछि मेरो त गर्धन नै टुक्रा भएको हो । मदन भण्डारी हत्याविरुद्धको आन्दोलनमा लाग्दा म एउटा आँखा अहिलेसम्म देख्दिनँ । यो आँखा पनि जापनिजहरूले बनाइदिएका हुन् । मदन भण्डारीसँग सदनदेखि सडकसम्म नजिक भएर सहकार्य पनि गरेको मान्छे हुँ । कमसेकम त्यस्तो आन्दोलनमा लागेको र मदन हत्याको विरुद्धमा पनि लाग्दा झण्डै ज्यानै गएको । त्यसबेला १६/१७ दिनमा होस आयो । मदन भण्डारीको सच्चा श्रीमतीको नाताले पनि उहाँले त्यो सोच्न सक्नुभएन । 

पदमुक्त भएपछि पनि राष्ट्रपतिसँग यसबारे कुरा भएन ?

भएन । उहाँले पनि फोन गर्नुभएन, मैले पनि गरिनँ । सामान्य राजनीतिक संस्कार नै नभएका मान्छेसँग कुरा गर्नुको के अर्थ छ र ?

गिरिजाबाबु कन्भिन्स भएपछि हामी अघि त बढ्यौँ तर तत्कालीन एमालेभित्र निकै अप्ठ्यारो पर्‍या हो । काँग्रेससँग अप्ठ्यारो भएन, किनभने गिरिजाबाबुलाई भनेपछि लागू हुने भयो । उहाँलाई कन्भिन्स गर्नै गाह्रो भयो तर कन्भिन्स भएपछि लागू पनि भयो । अब एमालेभित्र माधवजीहरूलाई कन्भिन्स गर्न निकै अप्ठ्यारो भयो ।

अहिले देशमा वामपन्थी र काँग्रेसको गठबन्धन बनेको छ । तपाईंलाई विगतमा वाम–काँग्रेस गठबन्धनको ‘आर्किटेक्ट’ पनि भनिन्छ । गिरिजाबाबुका पालमा शान्तिपूर्ण आन्दोलन गर्दै आएको जनमोर्चा मात्रै नभएर सशस्त्र सङ्घर्ष गर्दै आएको माओवादीसँग पनि सहकार्य हुनुमा तपाईंको भूमिका रहेको थियो, त्यसबेला वाम– काँग्रेस गठबन्धन कसरी सहकार्य सम्भव भयो ?

एउटा कालखण्डमा गिरिजाबाबुले म पछाडि फर्केर हेर्ने व्यक्ति होइन भनेर भाषण गरेका रेकर्ड अहिलेसम्म पनि छन् । हामीसँग कुराकानी हुँदा पनि उहाँले विगतमा आपसमा भएका गल्ती कमजोरीहरू जहाँजहाँ भए तिनलाई त्यहीँ छाडेर सच्चिएर अघि बढ्ने कुराहरू गरौँ भन्नुहुन्थ्यो । त्यस्तो व्यक्तिसँग सहकार्य गर्ने कुरा सामान्य थिएन, अत्यन्तै कठिन थियो । ज्ञानेन्द्रले प्रतिगमन घोषणा गरेपछि उहाँलाई भेट्न र कुरा गर्न म ५०औँ पटक गएँ होला । यसरी कुरा गर्दा राजा ज्ञानेन्द्रको प्रतिगमन नै हो, यसविरुद्ध सङ्घर्ष गरौँ भनेँ । तर, उहाँले पख्नुस्, अहिले नै बेला भएको छैन भन्नुहुन्थ्यो । त्यसैगरी माधव नेपालजीलाई पनि भने, उहाँले पनि पख्नुस् भन्नुभयो । तर, तत्कालीन जनमोर्चाले यो प्रतिगमन हो भन्ने निर्णय गरिसकेकाले त्यसविरुद्ध एउटा कार्यक्रम पनि गरिसकेको थियो ।

अन्त्यमा गिरिजाबाबुलाई कन्भिन्स गर्न मैले डेमोक्रेसी कम्युनिस्ट पार्टीमा पनि पहिलो कुरा हो । मात्रै अन्तर के हो भने अहिले भनिरहेको डेमोक्रेसीमा केही सम्पन्न व्यक्ति र ठुला शक्तिशाली पुँजीपति वर्गहरूलाई छुट हुने र अर्को डेमोक्रेसी भनेको सम्पूर्ण सर्वहारादेखि सबै जनताको डेमोक्रेसी । कम्युनिस्ट सिद्धान्तले सबै जनताको डेमोक्रेसी चाहने हो गिरिजाबाबु । यिनीहरू डेमोक्र्याट होइनन् भन्नुहुन्छ भने तपाईं गलत र भ्रममा हुनुहुन्छ । मार्क्सवादलाई राम्रोसँग अध्ययन गर्नुपर्‍यो । अर्को कुरा मैले उहाँलाई पटक पटक समाजवाद पुग्दा वर्गको आधारका बीचमा केही कठिन परिस्थिति हुनसक्छ तर साम्यवादी समाज भनेको सबै मान्छे बराबर । सानो–ठुलो भन्ने नै हुँदैन भनेपछि योभन्दा ठुलो डेमोक्रेसी के हुन्छ ? तपाईंलाई यी कम्युनिस्टहरू डेमोक्र्याट होइनन् र हुँदैनन् भन्ने दिमागमा छ भने हटाउनुस् भने ।

मैले यसो भनेपछि उहाँले चासो राखेर पढ्नु पनि भएछ । त्यसपछि प्रदीप गिरीलाई बोलाएर सोध्नुभएछ । अरूलाई पनि सोध्नुभएछ । त्यसपछि बल्ल उहाँले के त्यसोभए तपाईंहरू इमानदारीसाथ डेमोक्रेसी प्राप्तिका निम्ति सङ्घर्षमा लाग्नुहुन्छ त ? भन्नुभयो । मैले गिरिजाबाबु डेमोक्रेसीबिना न आर्थिक समृद्धि हुन्छ न राजनीतिक सम्झौता हुन्छ, केही हुँदैन भनेँ । हो वर्गीय आधारमा केही कुराहरू फरक छन्, त्यो अघि नै भनेँ ।

गिरिजाबाबुलाई डेमोक्रेसीमा प्रतिबद्ध छौँ भनेर विश्वास दिलाउँदै गर्दा अर्कोतिर एमालेलाई सहमतिमा ल्याउन कति गाह्रो पर्‍यो ? माधव नेपाल नेतृत्वमा भए पनि अरू कम्पोनेन्टहरूले एमाले–काँग्रेस सहकार्यमा ल्याउन कस्तो भूमिका खेलेका थिए ?

गिरिजाबाबु कन्भिन्स भएपछि हामी अघि त बढ्यौँ तर तत्कालीन एमालेभित्र निकै अप्ठ्यारो पर्‍या हो । काँग्रेससँग अप्ठ्यारो भएन, किनभने गिरिजाबाबुलाई भनेपछि लागू हुने भयो । उहाँलाई कन्भिन्स गर्नै गाह्रो भयो तर कन्भिन्स भएपछि लागू पनि भयो । अब एमालेभित्र माधवजीहरूलाई कन्भिन्स गर्न निकै अप्ठ्यारो भयो । मैले माधवजीलाई हेर्नुस्, माधवजी हामी वामपन्थीले मात्रै गर्न सक्दैनौँ । यो प्रतिगमन सामान्य होइन, यो त ग्राइन्डडिजाइनअन्तर्गत छ । नेपालमा पुनः सक्रिय राजतन्त्र स्थापना गर्ने उद्देश्यले हो । यसमा तपाईं किन बुझ्नुहुन्न ? बुझ्नुपर्‍यो र नेपाली काँग्रेससँग सहकार्य नगरी र डेमोक्रेटिक एलाइन्स नभएसम्म प्रतिगमन पार लगाउन गाह्रो छ । साँच्चै भन्नुहुन्छ भने यसमा विदेशीहरूको ठुलो संलग्नता पनि देखिन्छ । त्यसकारण कमसेकम वामपन्थीहरूको बीचमा अलग्गै मोर्चा बनाऔँ, त्यसपछि काँग्रेससँग गरौँला भनेर कुरा गरेँ । हैन, पख्नुस् पख्नुस् भन्नुभयो उहाँले ।

पख्नुस् भन्नुका पछाडि के रहस्य रहेछ  ?

पछि बुझ्दा त्यसो भन्नुको पछाडि पार्टीभित्रको आन्तरिक समस्या रहेछ । पार्टीभित्र आन्तरिक छलफल गरेर निर्णय गर्छु भन्नुभयो । मैले यो कुरा ज्ञानेन्द्रले सुरुमा चालेको कदमको कुरा गरेको हो । जुन असोज १८ हो । असोज १८ पछि माघसम्मको ५ महिना लाग्यो मलाई तत्कालीन एमाले र काँग्रेसलाई मिलाउन । नेमकिपाका नारायणमान बिजुक्छेसँग पनि कुरा गरेँ । उहाँले ठिक छ अघि बढाउनुस् भन्नुभयो । त्यसपछि पुस महिनामा छलफल गर्दै जाऔँ भन्ने भयो । माघ ७ गते मेरो अध्यक्षतामा पहिलो बैठक एकजना विष्टको घरमा बस्यौँ । त्यो बैठकमा बल्ल गिरिजाबाबु र माधव नेपालले यो प्रतिगमन हो भनेर बल्ल हस्ताक्षर गर्नुभयो ।

त्यसपछि फागुन ७ बाट आन्दोलन गर्ने सहमति पनि भयो । त्यही बीचमा आन्दोलन गर्ने भए भन्ने भएपछि ज्ञानेन्द्रले माओवादीसँग वार्ता गर्ने भए । वार्ता समिति गठन गरेका बेलामा संसदवादीहरूले यसो गरे भनेर प्रचार गर्ने  चालबाजी ज्ञानेन्द्रको देखेपछि फेरि ७ गतेदेखिको आन्दोलन स्थगन गरेर उपयुक्त समयमा गर्ने भन्यौँ । यता राजाका प्रतिनिधिले माओवादीसँग वार्ता गरे पनि असफल भयो । त्यसपछि ६० सालको वैशाख २१ गतेदेखि सडक सङ्घर्ष गर्न हामी सडकमा बल्ल निस्क्यौँ ।

त्यसपछि ०६२ साल मङ्सिरसम्म लगातार हिउँद वर्षा नभनी आन्दोलन गरेको तपाईंहरूले नै देख्नुभएको हो । त्यसबेला खेत रोप्न पनि म गइनँ । यसरी आन्दोलन गर्दा ज्ञानेन्द्रले टेरपुच्छर लाएनन् । त्यसपछि ए गिरिजाबाबु ? ज्ञानेन्द्रले हामीलाई टेर्दैनन् । उनीसँग हतियार छ । हामीसँग जनता छन्, हतियार भएन । निहत्था जनतालाई जहिले पनि उसले टेर्दैनन् । यस्तो स्थितिमा हतियारसहितको शक्तिसहितको सहकार्य गर्नुपर्‍यो भने । मेरो कुरामा के भन्या तपाईंले ? भन्नुभयो । कुरा सीधा छ, नेकपा माओवादी युद्धमा छ, उहाँहरूसँग हामीले सहकार्य गर्नुपर्छ । उहाँहरूसँग सहकार्य नगर्दासम्म आन्दोलनलाई पार लगाउन सकिँदैन ।

मैले यसोभन्दा धत्.. भनेर यत्ति लामो जिब्रो निकाल्नुभयो उहाँले । अन्तर्राष्ट्रिय जगतदेखि साराले रेड कर्नर नोटिस जारी गरेकासँग सहकार्य ? के भन्या अमिकजी तपाईंले ? आन्दोलनमा यत्रो सहकार्य गर्नुभयो, तपाईंको प्रस्ताव र अठोटलाई समर्थन गर्दै आएँ अहिलेसम्म । ठिक छ भनेर म आफैँ सडकमा आन्दोलनमा होमिए यस्तो बुढो मान्छे । के कुरो गरेको अहिले आएर यस्तो ? मैले तपाईंले सुरुमै भन्दै हुनुहुन्थ्यो डेमोक्रेसी के हो ? डेमोक्रेसीप्रति लोयल हो कि होइन भनेर भन्नुभयो । डेमोक्रेसीप्रति हामी सबै लोयल छौँ भनेँ । हामी यसमै विश्वास गरेर आयौँ । अब यो लडाइँ केका लागि गर्दैछौँ ? डेमोक्रेसीकै लागि । अरू सामान्य कुरा हुन्, डेमोक्रेसी ठुलो कुरो हो । यो प्राप्तिका लागि माओवादीसँग हामीले सहकार्य गर्नैपर्छ । यसरी गयौँ भने धेरै दिन लाग्दैन । केही समयभित्रै ज्ञानेन्द्र घुँडा टेक्न बाध्य हुन्छन्, मैले यसो भनेपछि फेरि पख्नुस् भन्नुभयो ।

त्यसपछि उहाँलाई वार्ता कहाँ, कसरी गर्ने भनेर पठाइयो । त्योभन्दा अघि धेरै माध्यममार्फत कृष्ण सिटौला, चक्र बाँस्तोला, कृष्णबहादुर महरामार्फत भएको थियो । तर माओवादीहरूले रोल्पामा नै वार्ता गर्ने हामी सुरक्षा दिन्छौँ भन्ने कुरा गरेँ । म एक्लै जान त नहुने त्यहाँ गिरिजाबाबु जाँदा के हुन्छ ? ज्ञानेन्द्रका सेनापछि लाग्छन् भनेपछि सबै कन्भिन्स भयौँ ।

गिरिजाप्रसाद कोइरालालाई यसो भन्ने आँट तपाईंलाई कसरी आयो ? कि प्रचण्डले तपाईंलाई डेमोक्रेसीप्रति प्रतिबद्ध छौँ भनेर वचन दिइसक्नुभएको थियो ?

पहिलो कुरा हामी द्वन्द्ववादी हौँ । द्वन्द्ववादमा विश्वास गर्छौं । द्वन्द्ववादले स्टेप बाई स्टेप अगाडि बढ्ने भन्छ । कुनै पनि वस्तुको विकास एकैचोटि हुँदैन, मात्रा मात्रामा परिवर्तन हुन्छ । त्यसो भएकाले पुँजीवादी डेमोक्रेसी प्राप्तिपछि साम्यवादी डेमोक्रेसीमा जान द्वन्द्ववादले कतै पनि निषेध गर्दैन । यो मार्क्स र लेनिनले भनेको कुरामा प्रस्ट छ । त्यसकारण प्रचण्डले ल दाइ त्यतातिर त्यो गर्नुस्, म पनि त्यता जान्छु भनेको होइन । बरु म आफैँ विश्वस्त थिएँ कि यसमा उहाँले स्वीकार गर्नैपर्छ, नत्र मार्क्सवादको खिलाफमा हुन्छ । विज्ञानको नियम भएकाले मैले कुरा राखेको हो गिरिजाबाबुलाई

२०६२ सालअघिदेखि नै मैले त्यो कुरा भनेको थिएँ । त्यसपछि त मलाई थुनियो । १७/१८ महिना गायबै बनाए । अदालतको फैसलापछि बाहिर आएपछि फेरि मलाई गिरफ्तार गर्न लागिएको थियो । तर तरिका अपनाएर म बाहिरै भएँ । त्यसपछि फेरि गिरिजाबाबुलाई लगातार कुरा गरेपछि उहाँ कन्भिन्स हुनुभयो र भन्नुभयो उहाँहरूले पछि धोका दिनुहुन्न ? मैले भने दिनुहुन्न

तपाईंले त्यसबेला प्रचण्ड र गिरिजाबीच फोनमै कुराकानी गराइदिनुभयो भन्ने पनि चर्चा थियो नि ?

सुरुसुरुमा सेटेलाइट फोनबाट कुरा भयो । त्यसपछि सामान्य कार्यकर्ता हुँदै दिल्ली वार्तासमेत भयो । वार्ताका लागि गिरिजाबाबुले तपाईं जानु भन्नुभयो तर मैले जान्न भनेँ । गइनँ । म जानेवित्तिकै माओवादीको सेल्टर ओपन हुन्छ, बर्बाद हुन्छ किनभने म ओपन मान्छे । बरु अर्को मान्छेलाई पठाऔँ भने । उहाँले हुन्न अर्को मान्छेलाई त भन्नुभयो, मान्दै मान्नु भएन । त्यसका लागि पनि मैले दुई तीन पटक कुरा गर्नुपर्‍यो अनि बल्लबल्ल मान्नुभयो र ल्याउनु न त त्यो मान्छे को हो ? भनेपछि मैले एकता केन्द्रका महासचिव रहेका नारायणकाजीलाई भेट्टाएँ । तर, नारायणकाजीसँग गिरिजाले तेस्रो पटकमा मात्रै दोहोरो कुरा गर्नुभयो । त्यसअघि उहाँले अर्जुननरसिंह केसीलगायतलाई सोध्नुभएछ नारायणकाजी कस्तो मान्छे हो भनेर । उहाँसँग कुरा गर्दा राम्रो हुन्छ भन्ने जवाफ दिएपछि बल्ल कुरा गर्न तयार हुनुभएको हो ।

त्यसपछि उहाँलाई वार्ता कहाँ, कसरी गर्ने भनेर पठाइयो । त्योभन्दा अघि धेरै माध्यममार्फत कृष्ण सिटौला, चक्र बाँस्तोला, कृष्णबहादुर महरामार्फत भएको थियो । तर माओवादीहरूले रोल्पामा नै वार्ता गर्ने हामी सुरक्षा दिन्छौँ भन्ने कुरा गरेँ । म एक्लै जान त नहुने त्यहाँ गिरिजाबाबु जाँदा के हुन्छ ? ज्ञानेन्द्रका सेनापछि लाग्छन् भनेपछि सबै कन्भिन्स भयौँ ।

गिरिजाबाबुलाई कन्भिन्स गर्नै गाह्रो, कन्भिन्स भएपछि दृढतापूर्वक लागू गर्नुहुन्थ्यो । त्यसका लागि सडकमै जानुभयो । ८०/८२ वर्षको मान्छे सडकमा गएर प्रहरीको कुटाइ पनि खानुभयो । गिरिजाबाबुले रत्नपार्कमा प्रहरीको कुटाइ खाँदा जनमोर्चाका दुई जना महिलाले नढाकेको भए टाउको फुटाएर त्यहीबेला मार्थे । त्यति हुँदा पनि पटक–पटक सडकमै पुग्नुभयो ।

एमालेका केपी ओलीलाई चाहिँ कसरी कन्भिन्स गर्नुभयो ?

एमालेमा माधवजी हुनुहुन्थ्यो । उहाँ आन्दोलनकै पक्षमा हुनुहुन्थ्यो । वामदेवजी पनि आफ्नै हिसाबले रोल्पा पुग्नुभएको थियो । ओलीजीको त्यसबेला आन्दोलनमा जाने, सरिक हुने कुनै कुरै थिएन । उहाँ कहिल्यै आन्दोलनमा सरिक हुनु पनि भएन । हाम्रो आन्दोलनलाई त उहाँले त ऋषि धमलासँगको अन्तरवार्तामा बयलगाडा चढेर वासिङ्गटन पुग्नुहुन्छ तपाईं भनेर प्रतिप्रश्न गर्नुभएको थियो । त्यही कारण प्रतिगमनविरुद्ध सङ्घर्ष गर्ने सहमति जुटाउन माधवजीलाई पनि त्यसबेला ३, ४ महिना लाग्यो । पार्टीभित्र राम्रै पकड ओलीको । राम्रै पकड भएकाले उसलाई पनि सँगै नलाने हो भने भोलि यो मान्छेले अप्ठ्यारो पार्ला, विरोध गर्ला भनेर माधवजीले वार्तामा सँगै लैजानुभएको हो ।

अलि फरक प्रसङ्ग, ०६२/०६३ को परिस्थिति र अहिलेको परिस्थिति एउटै हो र ? अहिले विपक्षी काँग्रेससहित ५ दलको गठबन्धन बनेको छ । गठबन्धनको आवश्यकता किन जब कि एकातिर वामपन्थीकै सरकार छ, अलि तालमेल नमिलेजस्तो देखिन्छ नि ?

गठबन्धन अहिलेको आवश्यकता हो, माग हो । लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षता, समावेशी, समानुपातिक लगायत खतरामा पार्ने ओलीको योजना छ । तीन तहको सरकार हामीकहाँ जस्तो समावेशी समानुपातिक अन्य देशमा छैन । अफ्रिकामा थोरै छ तर हाम्रोमा जस्तो छैन । तीन तहको सरकार जसमा जनताको पहुँच प्रत्यक्ष रहन्छ, यसैलाई समाप्त पार्ने ग्रान्ड डिजाइनमा अहिले ओलीको भूमिका देखिएको छ । यसले गर्दा फेरि डेमोक्रेसी खतरामा गयो । हिजो हजारौँ जनताले बलिदान दिएर प्राप्त यो उपलब्धि खतरामा पर्ने भएपछि यसको संरक्षणका लागि पुनः संयुक्त सहकार्य राष्ट्रिय आवश्यकता नै हो । ज्ञानेन्द्रले हिजो प्रतिगमन घोषणा गरेपछि गिरिजाबाबुको नेतृत्वमा हामी सबै लोकतन्त्रवादी एकै ठाउँ बसेर जसरी सहकार्य गरेका थियौँ, आज ठ्याक्कै त्यही परिस्थिति जन्मेको छ । गिरिजाबाबुले अन्तिम समयमा पनि उपलब्धिहरू खतरामा पर्दा सबै मिलेर जानुस् है भनेर हातले इसारा गर्नुभएको थियो । आज त्यही कुरा हामीले स्मरण गरेर लोकतन्त्र र गणतन्त्र बचाउनुपर्ने राष्ट्रिय आवश्यकता नै भएकाले गठबन्धन बनेको हो । जो–जो पार्टीहरू मिलेर यो गठबन्धन बनेको छ, अझ अपर्याप्त छ अझ फराकिलो भएर जानुपर्छ भन्ने मेरो बुझाइ छ । यसमा बाहिर रहेका अरू साना कम्युनिस्ट पार्टीहरू खास गरी अघिल्लो आन्दोलनमा सहकार्य गरेका सीपी मैनाली, नेमकिपा, विप्लव, वैद्यहरूलाई सामेल गरेर मात्रै हामीलाई सफलता पाउन सहज हुन्छ ।

ओलीजी ज्ञानेन्द्र पथमै जानुभएको छ । उहाँ ज्ञानेन्द्रपथ भन्दा फरक हुनुहुन्न । व्यवहारले देखाइसक्यो, प्रस्ट भइसक्यो ।

संसद् पुनर्स्थापना गरेर सरकार गठनको मात्रै चाहना राख्ने हो भने यसको अर्थ हुँदैन फेरि । राष्ट्रियता जगाउने हुनुपर्छ । चारैतिरबाट भएको राजनीतिक हस्तक्षेप, सार्वभौमिकतामाथिको हस्तक्षेप बारम्बार जसरी बेहोर्नुपरेको छ, त्यो जोगाउनका लागि अझै लामो समय गठबन्धन अघि बढ्न जरुरी छ । हिजो पनि गिरिजाबाबुले सकेसम्म दस–आठ वर्ष यताउता नगरौँ भन्नुभएको थियो । कम्तीमा पनि १५ वर्ष निरन्तर सहकार्य गरेर जाऔँ है भन्नुभएको थियो । तर, पहिलो चुनावमै हामी अलग–थलग भयौँ । यो किनभन्दा हरेक पार्टीभित्र घुसपैठ छ, उनीहरूले उचाल्छन्, अनि हाम्रो दिमाग घुम्छ । यसबाट बच्न मुख्य पार्टीका नेताहरूले सोच्नुपर्छ ।

गिरिजाबाबुलाई कन्भिन्स गर्नै गाह्रो, कन्भिन्स भएपछि दृढतापूर्वक लागू गर्नुहुन्थ्यो । त्यसका लागि सडकमै जानुभयो । ८०/८२ वर्षको मान्छे सडकमा गएर प्रहरीको कुटाइ पनि खानुभयो । गिरिजाबाबुले रत्नपार्कमा प्रहरीको कुटाइ खाँदा जनमोर्चाका दुई जना महिलाले नढाकेको भए टाउको फुटाएर त्यहीबेला मार्थे । त्यति हुँदा पनि पटक–पटक सडकमै पुग्नुभयो । आज सडकमा प्रचण्ड, माधव शेरबहादुरलाई सडकमा देखेर हा.हा.हा.. गर्छन् ओली र प्रतिगामीहरू । सडकमै गएर यो अधिकार प्राप्त गरेको हो, जनताको छोराछोरी राष्ट्रपति भएका हुन् । यसरी प्राप्त उपलब्धिबाट राष्ट्रपति बनेको व्यक्ति तीन करोड ५० लाख जनताको राष्ट्रपति हुनुपर्ने हो । तर, अहिलेको राष्ट्रपति त्यो बन्न सक्नुभएन । अब फेरि सच्चा जनताका छोराछोरीलाई राष्ट्रप्रमुख बनाउन फेरि सडकमा नै पुग्नुपर्छ, सडकमा बस्नैपर्छ, आन्दोलन गर्नैपर्छ यसको विकल्प छैन । जसका लागि सबै शक्तिलाई एकजुट गर्नुपर्छ, यो राष्ट्रिय आवश्यकता हो ।

तपाईंले ०६२/६३ कै अवस्था आयो भन्दा ज्ञानेन्द्रजस्तै खलनायक भनेर ओलीलाई भन्न मिल्छ ?

ओलीजी ज्ञानेन्द्र पथमै जानुभएको छ । उहाँ ज्ञानेन्द्रपथ भन्दा फरक हुनुहुन्न । व्यवहारले देखाइसक्यो, प्रस्ट भइसक्यो ।

अब ओलीलाई परास्त गर्न पनि ज्ञानेन्द्रजस्तै सकस पर्ला कि ?

त्यस्तै सकस त नपर्ला किनभने ज्ञानेन्द्रको पक्षमा त्यसबेला पुरै सेना थिए । तर त्यसबेला पनि केही १६/१७ जना जर्नेलहरूले हाम्रो आन्दोलनलाई दबाउन चाहेनन्, म उनीहरूलाई सलाम गर्छु । हामी राष्ट्रिय सार्वभौमिकताको रक्षा, जनताको रक्षा गर्न बसेको सेना भएकाले जनताको हत्या गर्नुहुँदैन भनेर मानेनन् । तर शान्तिपूर्ण आन्दोलनमा गोली हान्न ज्ञानेन्द्रले आदेश दिन्थे । त्यो भएकाले सेना प्रमुखले पनि केही गर्न सकेन त्यसबेला । तथापि सेना र प्रहरी प्रमुख आदि उनीप्रति नै लोयल थिए । त्यो मात्रै होइन विदेशी शक्ति केन्द्र उनकै पक्षमा थिए । दरबार हत्याकाण्ड त्यसै भएको हो ? सबै शक्तिकेन्द्र र यिनीहरूले मिलेरै गरेको हो । दीपेन्द्रले गरेको हत्या हो त्यो ? कसले भन्छ दीपेन्द्रले गरेको हत्या भनेर ?

एमाले र माओवादीबीच जसरी पार्टी एकता भयो, तपाई माओवादीको नेता भएको हिसाबले यो एकतालाई चाहिँ कसरी विश्लेषण गर्नुहुन्छ ?

पहिलो कुरा, ओलीजीको एमालेसँग गठबन्धन गरेर चुनावमा जाने कुरा इमान्दारीसाथ लागू हुन्छ भनेर विश्वास गर्नु नै गल्ती थियो । त्यो गर्नुहुन्न भन्ने मान्छे पनि मै हुँ । जहाँ जहाँ माधवजीको पकड छ, त्यहाँ इमानदारिता लागू हुन्छ, जहाँ ओलीको पकड छ, त्यहाँ हाम्रा मान्छे जित्दैनन् भनेर भनेको हो । गठबन्धन गर्नु बेठीक होइन, तर गठबन्धनमा इमानदारिता हुँदैन भनेको मैले हो । धोका हुन्छ भनेको थिएँ, परिणाम पनि त्यस्तै आयो । हाम्रा मान्छेले उहाँहरूलाई भोट हाले र उहाँहरूको धेरै सङ्ख्या आयो तर ओली पक्षकाले हामीलाई भोट नै हालेनन् । त्यही भएर धेरै ठाउँमा २ सयदेखि ५ सयले हार्नुपर्‍यो

पछि पार्टी एकता गर्ने कुरा भयो । पार्टी एकताको पक्षमा म थिइनँ । माधव, झलनाथ वा वामदेवको नेतृत्व भइदिएको भए हुन्थ्यो, तर ओलीको नेतृत्वमा रहेको पार्टीबीचमा एकता गर्दा हामीलाई धोका हुन्छ भनेर उतिबेलै मैले प्रचण्डलाई धेरै पटक भनेको हो ।

गिरिजाबाबुकै हाइटमा मलाई नगनिदिनुस् । कहाँ गिरिजाप्रसाद कहाँ म ? उमेरको हिसाबले अहिले मिल्न पुग्ला तर राजनीतिक उचाइको हिसाबले म त्यो अवस्थामा होइन । त्यस्तो हाइटका मान्छे अरू देखेको पनि छैन । भारतीय दलाल भनेर मैले कति गाली गरेँ तर उहाँ त देशभक्त हुनुहुँदोरहेछ

पार्टी एकता गरेर प्रचण्डले गल्ती गरेका हुन् त ?

गल्ती स्वीकार गर्नुहुन्छ, हुन्न उहाँको कुरा भयो । तर, व्यवहारबाट सिद्ध भयो । व्यवहारबाट के सिद्ध भयो भने ओली नेतृत्वको पार्टीसँग एकता गरेर गलत भएछ । एमालेसँगै एकता गर्नुहुन्न भन्ने होइन, एमालेमा राम्रा पक्ष र नेता पनि छन् । तर सङ्घीयता र गणतन्त्रविरोधी ओलीसँग एकता गर्दा अघि बढ्ला भन्ने विश्वास छैन है भने मैले । पछि निर्णय भयो, त्यो पार्टीको निर्णय भएकाले मैले पनि स्वीकार्नुपर्ने थियो र स्वीकारे ।

एकता गरिसकेपछि फेरि यसलाई टुटाउँदा जनतामा भ्रम सिर्जना हुन्छ । वामपन्थीले मत पाए पनि केही गर्न सक्दा रहेनछन् भन्ने गलत भ्रम जान्छ र साम्यवादीहरूलाई हल्ला मच्चाउने अवस्था बन्ने भएकाले बढीभन्दा बढी लचकता अपनाएर यसलाई टिकाउनुपर्छ भन्ने मेरो सल्लाह रहने गरेको थियो । त्योअनुसार प्रचण्डले बढीभन्दा बढी लचकता अपनाउनुभएकै हो । म प्रधानमन्त्री हुन्न, मलाई चाहिएन भन्नु सामान्य लचकता होइन । पहिला आधा आधा कार्यकाल प्रधानमन्त्री बन्ने भनेर सहमति गरेको व्यक्तिले पछि मलाई चाहिँदैन भन्नुभन्दा ठुलो लचकता के हुन्छ ? तर पार्टी एकता टुट्यो । जे मैले विश्लेषण गरेको थिएँ पहिला पछि त्यही भयो ।

यो उमेरमा तपाईंले अहिले सडक आन्दोलनको विकल्प छैन भन्नुभयो, के तपाईं सडकमा जना तयार हुनुहुन्छ ?

किन नजानु ? म जान तयार छु । म अहिले ७९ वर्षमा लाग्दैछु । तर, आवश्यक भयो भने म जान्छु । साथीहरूले सम्झनुहुन्छ, तेरो आवश्यकता छ बूढा भन्नुहुन्छ भने म जहिले पनि तयार छु ।

२०६२/०६३ मा गिरिजाबाबुले लिएको स्थान लिन तपाईं तयार हो ?

गिरिजाबाबुकै हाइटमा मलाई नगनिदिनुस् । कहाँ गिरिजाप्रसाद कहाँ म ? उमेरको हिसाबले अहिले मिल्न पुग्ला तर राजनीतिक उचाइको हिसाबले म त्यो अवस्थामा होइन । त्यस्तो हाइटका मान्छे अरू देखेको पनि छैन । भारतीय दलाल भनेर मैले कति गाली गरेँ तर उहाँ त देशभक्त हुनुहुँदोरहेछ

हामी सरकारमा थियौँ । नेपालको परराष्ट्र नीति भुटानको जस्तै बनाउनुपर्छ भनेर प्रस्ताव आएछ । उहाँले पख्नुस्, पख्नुस् भनेर टार्नुभयो । तर पछि उहाँलाई चर्को दबाब आएपछि मलाई बोलाउनुभयो । डब्ल्यूएचओको कार्यक्रममा थिएँ । कसैलाई जिम्मा दिएर तुरुन्त आउन भन्नुभयो । महेश मास्केलाई कार्यक्रमको जिम्मा दिएर म बालुवाटार गएँ । म त्यहाँ पुग्दा उहाँ एक्लै । गेट पुरै बन्द । अमिक शेरचनबाहेक कसैलाई इन्ट्री नदिनु भन्नुभएको रहेछ । उहाँको पीए चाहिँ हुनुहुन्थ्यो । मैले किन बोलाउनुभयो गिरिजाबाबु भनेर सोधेँ । एउटा ठुलो सङ्कट आयो, राष्ट्र नै सिध्याउने खालको सङ्कट आयो । तपाईंसँग सल्लाह नगरी भएन भन्नुभयो । मैले अरू कसैलाई देखिनँ र के गर्ने, कसो गर्ने भनेर तपाईंसँग सल्लाह गर्न बोलाएको भन्नुभयो ।

भारतले परराष्ट्रसम्बन्धी कुनै पनि निर्णय या नीति तय गर्दा दिल्लीसँग सहकार्य गरेर मात्रै गर्ने भनेर तपाईंले एउटा परम्परा सात सालको जस्तै राखिदिनुपर्‍यो भनेर दबाब दिएको रहेछ । तर उहाँले सम्भव छैन भन्न सक्नुभएनछ बरु मलाई गाह्रो छ, गाह्रो छ मात्रै भन्नुभएछ । यो सुनेपछि मैले ओ हो ? यो त सामान्य कुरा भएन । यसका लागि त तपाईं र म सल्लाह त गरौँला । दुई जनाले मात्रै गर्ने कुरा एउटा भयो तर अरूको पनि आवश्यकता त पर्छ । त्यसका लागि तपाईं पनि एक दुईजना साथी बोलाउनुस्, म पनि एक दुईजना बोलाउँछु भनेँ । मिलीजुली गरेरै गर्दा राम्रो होला ।

अरू दलका साथीहरूसँग पनि कुरा गर्नुपर्ला भनेपछि दलीय कुरा नगर्ने, म काँग्रेसका कसैलाई बोलाउँदिनँ । मेरो कुरा मान्नुहुन्छ भने तपाईं पनि नबोलाउनुस् भन्नुभयो । किन गिरिजाबाबु ? भनेर सोध्दा तपाईंले नेपाली काँग्रेस भनेर ठान्नुभएको छ । नेपाली काँग्रेस कहाँ छ यहाँ ? यहाँ त दरबारिया, भारतीय, युरोपियन, अमेरिकन काँग्रेस, पाकिस्तानी काँग्रेस र पछिल्लो चरणमा चाइनिज काँग्रेस पनि छन् भन्नुभयो । एक सेकेन्डमा बाहिर जान्छ । यस्तो कुरा तपाईंलाई मात्रै विश्वास गर्छु, अरू कसैलाई विश्वास गर्दिनँ । तपाईं देशभक्त हो भन्ने कुरा मलाई राम्रोसँग थाहा छ । किनभने देशभक्तिको आन्दोलनमा आफूलाई मृत्युको शय्यामा पुर्याउँदा पनि छोड्नुभएन । अनि ज्ञानेन्द्रले प्रधानमन्त्रीको प्रस्ताव गर्दा खबरदार भनेको मलाई थाहा छैन ? त्यस्तो इमानदार मान्छे भएर पो सल्लाह गर्न खोजेको त भन्नुभयो । जनमोर्चामा पनि भारतका मान्छे वा सुराकी छन् भन्ने उहाँको बुझाइ रहेछ ।

ओलीजीको देशभक्ति बाह्य देखावटी मात्रै हो । ओली सक्कली देशभक्त होइनन् । किनभने नाकाबन्दीको विरोधमा ओलीले गज्जबको अडान लियो र भारतलाई ठेस लगायो भनेर हल्ला भयो । त्यो हल्ला नै गलत मिथ्या हल्ला हो । ओली सरकारमा गएपछि ओलीविरुद्ध भारतले नाकाबन्दी गरेको थियो र ? थिएन । त्यो नाकाबन्दी त काँग्रेसका सभापति र प्रधानमन्त्रीसमेत रहेका सुशील कोइरालाविरुद्धमा लगाएको हो ।

त्यसपछि, ल भन्नुस् के गर्ने ? भनेर सोधेँ । छलफल भयो । अब यो कुरा उठाउँछन्, सके क्याबिनेटमै उठाउलान्, प्रेसर दिन्छन्, त्यस्तो बेलामा तपाईंले सही नगर्नू । कसरी हुन्छ त्यो एजेन्डा अघि नबढाउन तपाईंले विरोध गर्नुपर्‍यो भन्नुभयो । तपाईंले त्यसो गरेपछि मलाई उहाँको सहमति छैन भनेर डिफ्युज गर्न सकिन्छ, टार्न सकिन्छ भन्नुभयो । अर्कोतिर यदि त्यो गर्नैपर्ने परिस्थिति आएछ भने ठुलो कन्फरेन्स गरेर पनि गर्नुपर्ने हुन्छ । यी दुइटा कुरा छ भन्नुभयो ।

तेस्रो कुरा पनि म तपाईंलाई विश्वास गरेर भन्छु भन्नुभयो । म कतिबेला मर्छु ठेगान छैन । भोलि मलाई उपचार गर्न यिनीहरूले भारत पनि लैजान सक्छन् र मलाई भारतीय दलाल भनेर मार्लान् । त्यसकारण मेरो नेपालकै माटोमा सास जाओस्, नेपालकै माटोमा मेरो अन्त्येष्टि पनि गरियोस् । भारतमा पुगेर मेरो प्राण पनि नजाओस् । यो कुरा अन्तिम अवस्थामा, मेरो सास जाने बेलामा पार्टीलाई तपाईंले भन्नुपर्‍यो र अहिले तत्काललाई राष्ट्रियताको संरक्षणमा भूमिका खेल्नुपर्यो भन्नुभयो । मैले ल हुन्छ भनेँ । उहाँले मलाई त्यसोभन्दा शशाङ्क र छोरी सुजाता पनि थिए ।

उहाँले अहिले एउटै मात्रै एजेन्डा राष्ट्रिय एजेन्डा हो भनेर बेलाबेला भनिरहनुहुन्थ्यो । मैले त्यसमा सहमत जनाउँदै पहिला शान्ति प्रक्रियालाई सम्पन्न गर्ने । शान्ति प्रक्रिया सम्पन्न गर्नेबाहेक हामी अरू कुनै एजेन्डामा प्रवेश गर्नुहुन्न । क्याबिनेटलगायत बाहिरका मिटिङमा पनि यो कुरा नल्यायोस् कृपया । यो सम्पन्न गरेपछि अरू एबीसीडी परराष्ट्रसम्बन्धी नीति आदि इत्यादि पछि गर्दै गरौँला, पहिला हामी आफू दह्रो हौँ भनेपछि अमिकजीको असहमति भयो । त्यसकारण यस्ता प्रस्ताव अघि नबढाउने भनेर क्लोज गरिन्थ्यो । त्यसो भएकाले उहाँ देशभक्त भनेर मैले बुझ्ने मौका पाएँ । 

केपी ओलीलाई पनि त देशभक्त नै मानिन्छ नि ?

ओलीजीको देशभक्ति बाह्य देखावटी मात्रै हो । ओली सक्कली देशभक्त होइनन् । किनभने नाकाबन्दीको विरोधमा ओलीले गज्जबको अडान लियो र भारतलाई ठेस लगायो भनेर हल्ला भयो । त्यो हल्ला नै गलत मिथ्या हल्ला हो । ओली सरकारमा गएपछि ओलीविरुद्ध भारतले नाकाबन्दी गरेको थियो र ? थिएन । त्यो नाकाबन्दी त काँग्रेसका सभापति र प्रधानमन्त्रीसमेत रहेका सुशील कोइरालाविरुद्धमा लगाएको हो ।

पछि संविधान जारी भयो, संविधान जारी नहोस् भनेर भारतले नाकाबन्दी गरेको थियो । अनि पछिल्लो चरणमा प्रचण्डले प्रस्ताव गरेर ओली प्रधानमन्त्री बने । ओलीलाई प्रधानमन्त्री बनाइसकेपछि भारतीय नाकाबन्दीको विरुद्ध कुनै ठुलो के भूमिका खेल्नुभयो त ? त्यस्तो कुनै ठुलो भूमिका खेलेर अन्यत्रबाट आयात खुलाउनु भएन । यति मात्रै हो भारतमा गएर आत्मसमर्पण गर्नुभएन, भारतले गरेको ठिक छ पनि भन्नुभएन त्यो सही कुरा हो । आखिर नेपाली जनता र अन्तर्राष्ट्रिय दबाबकै कारण भारत नाकाबन्दी फिर्ता गर्न बाध्य भयो । त्यसकारण सुशील कोइरालाले लिएको अडानका कारण हो भनेर किन नभन्ने ? कोइरालाले ल म तपाईंले भनेको मान्छु, संविधान पनि जारी गर्दिनँ भनेको भए त्यो नाकाबन्दी भारतले उतिबेलै फिर्ता गर्थ्यो ।

नाकाबन्दी विरुद्ध लडेको सुशील कोइरालालाई दिनुपर्छ भन्न खोज्नुभएको हो ?

सुशील कोइरालालाई दिनुपर्छ त्यो जस । संविधान जारी नहोस् भनेर भारतले नाकाबन्दी गरेको हो । अडान लिनुभयो उहाँले । सुशील कोइरालालाई दुई पटक भारत भ्रमणको प्रस्ताव गर्दा पनि उनी गएनन् । अनि ऊ भारतीय दलाल कि नाकाबन्दी भएको छ, यो भाछ, के भाछ भनेर टेलिफोन गर्दा नै भोलिपल्ट भ्रमणमा जाने दलाल हो ? बालुवाटारमै रअका मान्छे बोलाउने लगायतका पछिल्ला घटना त कति छन् कति ? त्यसकारण नाकाबन्दीका कारणले देशभक्त ओली भन्ने कुरा भ्रमबाहेक केही होइन । त्यसबाट मुक्त हुनुपर्छ ।

ओलीलाई देशभक्त भनेर गोयवल्स शैलीमा प्रचार भएको मात्रै हो । दोस्रो कुरा उहाँले चुच्चे नक्सा जुन पास भयो, त्यो तत्कालीन जनमोर्चाले तयार गरेर युवा लिगमार्फत देशभर आन्दोलन गर्दै बनाएको हो । पछिल्लो चरणमा पनि भारतले यसरी हस्तक्षेप गर्दा सह्य हुँदैन भनेर एमालेमा सबभन्दा बढी उठाउने भीम रावल हुन् । उनले तर्क र प्रमाणसहित नेकपाको बैठकमा उठाए । लास्टमा पुरै बहुमतले नक्सा किन ननिकाल्ने ? भारतले सडक खन्न थालिसक्यो भनेर बाहिर आएपछि सिङ्गो पाटी नेकपाको बहुमतले पास गरेर नक्सा निकाल्ने निर्णय भएको हो । तैपनि उनी मानेका थिएनन् । पछि बाध्य भएर बल्ल निकाल्ने भनेर सही गरेको हो । ओलीले गरेको निर्णय भन्ने त्यसलाई ? त्यो त पार्टीले गरेको निर्णय हो । पार्टीको प्रेसर र बहुमतले पास गर्दा ओलीका कतिपय मान्छे बोल्दै बोलेनन् त्यसबेला । बाध्य भएर त्यो नक्सा निकालेपछि बाफरे देशभक्त ओली रहेछ भनेर बाहिर भ्रम फैलियो ।

चुनावअघि नाकाबन्दी र चुनावपछि नक्साका कारणले उसलाई देशभक्त भनेर प्रचार गरियो, वास्तविकता त्यस्तो होइन । अर्को चाइनासँग सम्झौता गरेको र सामान आउँछ भनेर पनि चर्चा भयो । तर त्यो सम्झौता भएको यतिका वर्षसम्म खोइ कार्यान्वयन गरेको ? भारतले पेट्रोल दिएन । त्यसबेला फुत्त चाइना गएर पाइपलाइन बनाऊ भनेर चाइनाले भनिरहेका बेला गर्नुपर्दैन ? चाइना जहिले तयार छ त्यो गर्न । रेलको कुरा त्यस्तै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप