शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डाबर नेपालले ल्यायो नेपालकै पहिलो फोर्टिफाइड जुस ‘रियल इम्यूनो म्याङ्गो प्लस’

आइतबार, २० असार २०७८, १३ : ०९
आइतबार, २० असार २०७८

काठमाडौं । डाबर नेपालले रोग प्रतिरोधात्मक शक्ति बढाउन सहयोग पु¥याउने नयाँ जुस ‘रियल इम्यूनो म्याङ्गो प्लस’ बजारमा ल्याएको छ, जुन नेपालकै पहिलो फोर्टिफाइड जुस भएको कम्पनीको दावी छ ।

फोर्टिफाइड जुस विश्वभरि नै उपलब्ध भएपनि नेपालको लागि यो बिल्कुलै नयाँ उत्पादन हो । परिवारको रोग प्रतिरोधात्मक शक्तिको आवश्यकता बारे गरिएको बजार अनुसन्धानबाट रियल इम्यूनो म्याङ्गो प्लस तयार पारिएको हो ।

डाबर नेपालका प्रमुख एच.एस. बेदीले ग्राहकलाई सन्तुष्टि दिन आफ्ना उत्पादन वृहत बनाउँदै नेपालको नं. १ जुस उत्पादक डाबर नेपाल निरन्तर नयाँ उत्पादन बजारमा ल्याउन तत्पर रहेको बताए । रियल इम्यूनो म्याङ्गो प्लस एउटा स्वास्थ्य वद्र्धक र ज्यादै मीठो आँपको जुस भएको र पावर अफ फाइभले भरिपूर्ण रहेको पनि उनले बताए । 

रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि प्रमाणित मह, तुलसी, अश्व गन्धा, भिटामिन सी र जिङ्कले रोग प्रतिरोधात्मक शक्ति बढाउन र पोषण सुधार्न मद्दत गर्ने कम्पनीको दावी छ । 

डाबर नेपालका मार्केटिङ प्रमुख अभय प्र. गोर्खालीले अहिलेको यो कोभिड–१९ को अवस्थामा ग्राहकहरुले रियल इम्यूनो म्याङ्गो प्लसको अवधारणालाई समय अनुकुल मानेर ज्यादै मन पराएको बताए ।

फोर्टिफाइड म्याङ्गो जुसको १८० एमएलको मूल्य ३० र १ लिटर प्याकको मूल्य २५० कायम गरिएको पनि कम्पनीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप