शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरको ठिमीमा लडेर महिलाको मृत्यु

आइतबार, २० असार २०७८, १३ : २८
आइतबार, २० असार २०७८

भक्तपुरमा एक महिलाको लडेर मृत्यु भएको छ । शनिबार राती मध्यपुर थिमी नगरपालिका १ लोकन्थली, रमाइलो चोकमा निर्माणाधीन घरको माथिल्लो तलाबाट खसेर ३० वर्षकी लीला सदाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 
महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार राजु श्रेष्ठको ४ तले निर्माणाधीन घरमा बस्दै आएकी महिलाको मृत्यु भएको हो ।  घरमा काम गर्ने र रेखदेख गर्न भनी बसेका सिन्धुली दूधौली घर भएका राम कुमार सदा, श्रीमती लीलाको लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

बेलुकाको खाना खाएर लीला छतमा सुत्न जान्छु भनि गएकोमा निर्माणाधीन घरको रेलिङ नभएको तेस्रो तलाको भर्‍याङबाट अचानक भुईतलामा खस्न गई घटनास्थलमा नै मृत्यु भएको खबर प्रहरीलाई आयो ।  खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली घटनास्थल पुगेर लाश जाँच प्रकृति मुचुल्का गरेको थियो ।

  ‘शव पोष्टमार्टमका लागि  केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाइएको र यसबारेमा थप अनुसन्धान कार्य भइरहेको छ’ डीएसपी गिरीले भने । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप