मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

लघुवित्तका आइपिओमा १६ लाखको आवेदन

आइतबार, २० असार २०७८, १३ : ५९
आइतबार, २० असार २०७८

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) मा १६ लाखभन्दा बढीले आवेदन दिएका छन् ।  आज बिहानसम्म १६ लाख १२ हजार ९०१ जनाको आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको हो ।

क्यापिटलका अनुसार उक्त आवेदनबाट रु दुई करोड १२ लाख ७० हजार ३० कित्ता शेयर माग भएको छ ।  सर्वसाधारणका लागि माग गरेको भन्दा ५८ दशमलव ५१ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा तीन लाख ३६ हजार ४९२ कित्ता शेयर मात्रै बिक्री गरेको हो ।

बिहीबारदेखि बिक्री खुला भएको संस्थाको आइपिओ यही असार २५ गतेसम्म आवेदन दिन सकिने बताइएको छ । रु तीन करोड ८९ लाख बराबरको आइपिओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृतदेवसिंह विष्टले जानकारी दिए ।

उनका अनुसार प्रतिकित्ता रु १०० अङ्कित दरका तीन लाख ८९ हजार ४९२ कित्ता साधारण शेयर बिक्री खुला भएको छ । तीमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानीका लागि र छ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । 

बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । उक्त शेयर इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप (सफ्टवेयर) मार्फत समेत आइपिओमा आवेदन दिन सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप