गाउँपालिकाका एक कर्मचारी मृत फेला
![गाउँपालिकाका एक कर्मचारी मृत फेला](https://rpcdn.ratopati.com/media/albums/dead-body-5aa386bb279ce5.66531323_A5Cn0ML9oB.jpg)
बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला परेका छन् । गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनोट भएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ३६ वर्षीय मीनराज भट्ट मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
नयाँ नियुक्त भएका भट्ट गाउँपालिकातर्फ नियुक्ति बुझ्नका लागि जाँदै गरेका बेला अपराह्न ४ः३० बजे सिगास–२ कुर्चेनेटा भन्ने स्थानमा मृत भेटिएका हुन् ।
उनले भने, “नयाँ नियुक्ति लिनका लागि गाउँपालिका जाँदै गर्दा पेट दुख्यो भनेर एक्कासि ढलेको भन्ने बुझिएको छ ।” गाउँपालिका केन्द्र गर्जे जाँदै गरेका भट्ट अचानक पेट दुख्यो भनेर अस्पताल जान्छु भनी बाटोबाटै फर्किएको र फर्केको ठाउँबाट ५०० मिटर वर आउँदा एक्कासि ढलेको बताइएको छ ।
भट्टको मृत्युको कारण भने खुल्न सकेको छैन । शव परीक्षण आज मात्रै गरिने इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारीका अध्यक्षका दाबेदार विश्वमणि थापाले उम्मेदवारी फिर्ता लिए
-
भाटभटेनीको एकीकृत कर प्रणालीमा पहुँच राखेको आरोपमा दुई जना पक्राउ
-
७२ घण्टाको अवधिमा अमेरिकामा समातिए ५३८ अवैध आप्रवासी
-
सुदूरपश्चिमको बरघर भलमन्सा ऐन चाँडै आउँछ : मुख्यमन्त्री शाह
-
सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु पछिको खुसीयाली, तस्बिरमा हेर्नुहोस्
-
यु–१९ महिला विश्वकप क्रिकेट : नेपालसँग मलेसिया पराजित