बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आमिर खानका भाञ्जा इमरानसँग अलग बसिरहेकी श्रीमती अवंतिकाले सोसल मिडियामा लेखिन्, ‘तपाईं कहिल्यै भाग्न सक्नुहुन्नँ’

सोमबार, २१ असार २०७८, १६ : २९
सोमबार, २१ असार २०७८

आमिर खानको किरण रावसँग विवाह टुटेपछि उनका भाञ्जा इमरान खानको पनि वैवाहिक सम्बन्धबारे पुनः एकपटक चर्चा भएको छ । इमरानकी श्रीमती अवंतिका मलिकले आफ्नो सोसल मिडिया पोस्टमा एउटा कोट सेयर गरेकी छिन् जसलाई उनको वैवाहिक जीवनसँग जोडेर हेरिएको छ ।

अवन्तिकाले लेखक जुनोट डियाजको कोट सेयर गरेकी छिन् जसमा लेखिएको छ, ‘र यत्तिका वर्षले मलाई केही सिकाएको छ भने यो त्यो हो कि तपाईं कहिल्यै भाग्न सक्नुहुन्नँ । कहिल्यै पनि ।’

पहिला लेखेकी थिइन् –विवाह कठिन छ:

यसअघि अवंतिकाले आफ्नो पोस्टमा विवाह र सम्बन्धविच्छेदबारे कुरा गर्दै जीवनका अन्य पाटो बारे पनि कुरा गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘विवाह कठिन छ, सम्बन्धविच्छेद कठिन छ । तपाईं आफ्नो बाटो छान्नुहोस् । मोटोपना कठिन छ । फिट रहन पनि कठिन छ । तपाईं आफ्नो बाटो छान्नुहोस् ।

ऋणमा डुबिरहन कठिन छ । आर्थिक रुपमा बलियो हुन पनि कठिन छ । तपाईं आफ्नो कठिन बाटो रोज्नुहोस् । सम्पर्कमा रहन पनि कठिन छ नरहँदा पनि कठिन छ । तपाईं आफ्नो कठिन बाटो रोज्नुहोस् । जीवन कहिल्यै सहज छैन । यो सधैं कठिन छ । तर हामीले कठिन बाटो रोज्नुपर्छ । समझदारीले छान्नुहोस् ।

सन् २०१६ मा छोडेकी थिइन् घरः

इमरान–अवंतिकाको विवाहमा पछिल्लो दुई वर्षदेखि तनावको खबर आइरहेको छ । २४ मे सन् २०१९ मा अवंतिकाले इमरानको घर छोडेर छुट्टै बस्न हिँडेकी थिइन् । उनी आफ्नी छोरी इमारासँग आफ्ना आमा–बुवाको घरमा नै बसिरहेकी छिन् । दुबैको परिवारले इमरान र अवंतिकाबीच कुरा सल्टाउने कोसिस गरे तर कुरा मिल्न सकेन ।

इमरान र अवंतिका सन् २०११ मा विवाह बन्धनमा बाँधिएका थिए । उनीहरुकी छोरी इमाराको जन्म जून २०१४ मा भयो । विवाह अघि यी दुईले एक अर्कालाई लामो समयसम्म डेट गरेका थिए ।

इमरानले सन् २००८ मा फिल्म ‘जाने तू या जाने ना’ बाट डेब्यू गरेका थिए । यसअघि उनी आमिर खानको फिल्म कयामत से कयामत तकमा बाल कलाकारको रुपमा देखिएका थिए । हाल इमरान अभिनयबाट ब्रेक लिएर फिल्म निर्माणमा हात हालिरहेका छन् । उनी एकता कपूरको वेब शो मम (मार्स अर्बिट मिशन) को निर्देशन गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप