शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

सोमबार, २१ असार २०७८, १८ : ५८
सोमबार, २१ असार २०७८

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको हो । गण्डकीका कास्कीका ४, नवलपरासी पूर्वमा १ र स्याङजामा १ सहित ६ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । 

उनका अनुसार पोखरा –८ का ५४ वर्षका पुरुष, पोखरा –२६ का ६० वर्षीय पुरुष, पोखरा –११ का ३८ वर्षका पुरुषको पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो भने पोखरा –२५ का ८६ वर्षका पुरुषको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

यसैगरी पोखरा–१६ की ६५ वर्षकी महिला, पोखरा–८ की ७९ वर्षकी महिलाको उपचारको क्रममा फिस्टेल अस्पतालमा मृत्यु भएको छ । उनका अनुसार पोखरा–५ की ४० वर्षकी महिलाको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । 
यसैगरी नवलपरासी पूर्व कावासोती–१७ की ४२ वर्षीय महिलाको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । यस्तै स्याङजाको वालिङ–१४ का ५७ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६७ पुगेको छ । 

त्यसैगरी गण्डकी प्रदेशमा थप ३०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६२ जनाको नमुना परीक्षण गरिएकामा ३०२ जनामा संक्रमण देखिएको हो ।  संक्रमितमध्ये १६४ पुरुष र १३८ जना महिला रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीका ९७, म्याग्दीका ६, पर्वत १३, लमजुङ ३२,गोरखा ५, तनहुँ २३, बाग्लुङ ३१, स्याङ्जाका ३६, नवलपुरका ४४, मुस्ताङ ३ र मनाङमा १२ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५७ हजार ४१८ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा २१६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ५३ हजार ३५० पुगेको छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप