ठमेलबाट कस्तुरीको बिना सहित ४ जना चिनियाँ पक्राउ
काठमाडौँको ठमेल स्थित ज्याठाबाट प्रहरीले दुर्लभ वन्यजन्तुको अखेटोपहार र जुवा खेल्न प्रयोग गरिने सामग्री सहित ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले गएराती उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झाओ पेनुचेङ्ग, मा जिङ्गबिन, निउ युलियाङ्ग र पेङ्ग हुई छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरेर चिनियाँलाई सार्वजनिक गरेको छ ।
चिनियाँहरूको साथबाट ८ लाख ८९ हजार नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले पत्रकार सम्मेलनमा जानकारी दिए । जुवा खेलाइरहेको अवस्थामा प्रहरीले छापा मारेर उनीहरूलाई पक्रेको थियो ।
चिनियाँ नागरिकको साथबाट प्रहरीले २० थान कस्तुरीको बिना, बुद्धचित्त माला, बाघको छाला, गाईको छाला, जुवा खेल्न प्रयोग गरिने गोटी र विद्युतीय टेबल बरामद गरेको छ । ज्याठा स्थित जियाङ्गहु खाजान होटेलबाट पक्राउ परेको सो समूह सट्टेबाजीमा संलग्न गिरोह भएको प्रहरीले दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान दिवसका अवसरमा ‘नेसनल डे कन्सर्ट’ हुने
-
राष्ट्रियसभाअन्तर्गतका दुई समितिको सभापतिमा तीन जनाको उम्मेदवारी
-
चार दिनदेखि बेपत्ता युवक जङ्गलमा मृत फेला
-
पहिरोले डुम्रे–बेँसीसहर अवरुद्ध
-
भारी वर्षाका कारण गंगबुस्थित चक्रपथको सर्भिस लेन डुबानमा (तस्बिरहरू)
-
विष्णुमती र धोबिखोला आसपासमा सतर्कता अपनाउन आग्रह