बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीको विरोधले तनावग्रस्त नेपाल एयरलाइन्सको कार्यालय (फोटो फिचर)

मङ्गलबार, २२ असार २०७८, १८ : ४२
मङ्गलबार, २२ असार २०७८

कर्मचारीहरुको विरोधले नेपाल एयरलाइन्सको कार्यालय तनावग्रस्त बनेको छ । 

कर्मचारीले एयरलाइन्सलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्ने तयारी भएपछि त्यसको विरोधमा कार्यालयमा तालाबन्दी गरेका छन् ।  

सो क्रममा प्रहरीले ताला तोड्न खोजेपछि तनावको अवस्था सिर्जना भएको छ ।  

एयरलाइन्सलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न नियमावली बनाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएपछि कर्मचारी संगठन रुष्ट बनेका हुन् । 

निजी एयरलाइन्सलाई नेपाल एयरलाइन्स जिम्मा लगाउने रणनीतिका साथ यस्तो तयारी भएको कर्मचारीहरुको आरोप छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप